असोज २५ गते बिहिबार
काठमाडौं । काठमाडौंको बौद्धस्थितमा प्रहरीले गोली चलाउँदा एकजना घाइते भएका छन् । दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको गोली लागेर सिन्धुलीको कमलामाई नगरपालिका–२ घर भएका ३६ वर्षीय अमर घलान घाइते भएका छन् । घलानको दाहिने घुँडामुनी एक राउण्ड र तिघ्रामा एक राउण्ड गोली लागेको छ । उनलाई उपचारका लागि जोरपाटीस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ ।
घटनास्थलबाट दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका ३६ वर्षीय शन्त लामा र सिन्धुपाल्चोक घर भएका ३० वर्षीय जितेन लामा घाइते भएका छन् । लुटेरा समूहको दुइवटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
घटनास्थलबाट फरार रहेका केही ब्यक्तिलाई प्रहरीले खोजी रहेको छ । लुटेरा समूहको साथबाट प्रहरीले एक थान सनासो बरामद गरेको छ । सो समूहको साथबाट ९ एमएम पेस्तोल १ थान र ७ राउण्ड गोली पनि बरामद गरिएको छ ।
Add Comment