सुनकोसी न्युज
आश्विन ६ गते शनिबार २०८०
काठमाडौं । कुनै पनि श्रमजीवी पत्रकारको राेजगारी नखाेस्न र समयमै उचित पारिश्रमिक दिन प्रेस सेन्टर नेपालले आग्रह गरेको छ। आज प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश, उपत्यका प्रदेश र एसाेसियट प्रदेशका अध्यक्षहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै उक्त चेतावनी दिएका हुन्।
कान्तिपुर मिडिया हाउस, अन्नपूर्ण, ग्यालेक्सी टिभी लगायत एक दर्जन मिडियाले बिनाकारण पत्रकार निकाल्ने अभियान सुरु गरेपछि श्रमजीवी पत्रकारको साझा संगठन प्रेस सेन्टरका प्रदेश कमिटिहरूले त्यसाे नगर्न सचेत गराएका हुन्। चाडबाडकाे समयमा भटाभट निकाल्न थालेपछि राेजगारी असुरक्षित भएको भन्दै पत्रकार चिन्तित भएपछि सेन्टरले पत्रकारको हकहित सुरक्षाको लागि पहल गरेको प्रतिष्ठान प्रदेशका अध्यक्ष वीरेन्द्र वलीले जानकारी दिनुभयो । अटेर गरेर पत्रकारलाई बिचल्ली बनाउने काम गरे संगठन सशक्त आन्दोलनमा जान बाध्य हुने एसाेसियटका अध्यक्ष राेयल आचार्यले बताउनुभयो ।
“श्रमजीवी पत्रकारकाे राेजगारी नखाेसियाेस्” – प्रेस सेन्टर नेपाल

Add Comment