अन्तर्वार्ता/विचार हेडलाईन न्युज

सामन्ती वर्गका ज्ञानेन्द्र र चिन्तन प्रवृत्तिका केपि

विनोद दाहाल

सुनकोसी न्युज
आश्विन ०९ गते मंगलबार २०८०
ज्ञानेन्द्र र के पिले यी एक दुई दिनमा पुष्पकमललाई छायाँमा पार्नेगरी राजधानीमा कार्यक्रमहरु गरेका छन् । ज्ञानेन्द्र ईतिहासभरी नै कुकर्मको पहाड बनाएर त्यसमाथि बसी देश बर्बाद पारिरहेका र देश लुटिरहेका ६ नम्बरको धनी डाका हुन् । जनताको कमजोर चेतनास्तरलाई बेचबिखन गरेर वेवकुफ बनाईरहेको मानिस हुन् । संविधान भित्र राजा रहनुहुन्न, देशको सबै सम्पत्ति राजाकै हो भन्दै नरसंहार र वंशनास गरि निरङ्कुस सामन्ती शासन गर्ने अपराधि गिरोहको नाईके हुन् । उनका अपराधको सजायँ नदिएर माफि दिने कार्य राजनैतिक नेतृत्वहरुले गरे जुन भुल सावित हुँदैछ, राज्यले दिएको सुरक्षा र भत्ताको दुरुपयोग मात्र भएको छैन शासन फर्काउन उद्दत देखिएको छन् ।
अर्कोतिर यो देशको स्वाधिनता र लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि पित्को योगदान नभएको बरु राष्ट्रघाती किचडो केपिले निक्कै फुर्ती लगाएर प्रचण्डको नाम लिंदै माओवादी आन्दोलनलाई न्युनिकरण गर्ने दुस्साहर गरेर कुर्लिएको देखियो । “तपाईंले मारेका मान्छेका छोराछोरिलेले पढ्न पाउनुपर्छ कि पर्दैन ?” यो स्तरमा गिरेर वा ज्ञानेन्द्रहरुकै पथ पैल्याएर बोल्ने नैतिकता नभएका केपि कुनै पनि देशभक्त र जनपक्षधरले सम्मान गर्न लायकका छैनन् । अघिपछि लाग्ने स्वाँठ रमितेहरुसँगै किच्चक गफमा रमाएर जुनी बिताएका यिनीले देश लुटपाट गरेको बाहेक केही छैन किन नभन्ने त ? यिनका अरबौं सम्पत्ति कुन श्रोतबाट आएको हो भनेर हामी किन नसोधौं वा भ्रष्टाचारि किन नभनौं त ? उनी नाङ्गो रुपमा देखिएका भ्रष्टाचारि र भ्रष्टहरुका संरक्षक हुन् भन्ने जानकारि नभएका नागरिक को होलान् ?
खासमा यी एमालेको केपि गुट त प्रतिगामी सोच र चिन्तनले ग्रस्त देशद्रोही र जनबिरोधि ग्याङ बाहेक केही हैनन् । जनयुद्ध र जनआन्दोलनले केही दिएको छैन भन्दै जनताको अपमान गर्ने यो गिरोहको नाईकेले निक्कै फुर्तीसाथ यो देश आफ्नो योगदानको प्रतिफल झैं गरि हावादारी कुतर्क गरेर भाषण गरेको सुनिएको छ । यिनले जत्तिको देश र जनताको लागि कुन राजनीतिक नेता कार्यकर्ताले योगदान गरेका छैनन् होला ? यिनको त योगदान भन्दा बढि घात छ । यो देशका लागि यी बोझ हुन् भन्ने प्रष्ट छ । फेरि पनि जनताले गरेको वलिदानीपुर्ण संघर्षको अपमान हुनेगरी कराउन थाले भने यी प्रतिगामी पिण्डलाई जनताले चोकमै कालोमोसो दलेर साईजमा राखिदिनु पर्छ । एमाले यो देश र जनताको लागि कुनै योगदान दिनेगरी  नीति, कार्यक्रम र योजना लिएर राजनीति गरेको दल हैन, सत्तामा पुग्नका लागि र पुगेर भ्रष्टाचार तथा आपराधिक कार्यहरु गर्दै लुटपाटमा सम्लघ्न ग्याङ हो भन्ने उनीहरुका वर्गउत्थान र अकुत सम्पत्तिले प्रष्ट पार्छ ।
न ज्ञानेन्द्र न केपि यो देशलाई योगदान गरेका र जनताको अधिकार प्राप्तीका लागि योगदान गरेका मानिस हुन् । उनीहरु जनयुद्ध र जनआन्दोलनहरुको बिरुद्ध थिए, ती वलिदानीपूर्ण संघर्षहरुबाट केही प्राप्त नभएको बरु खती मात्र भएको बताउने गर्छन् । आफूले केही नगरेकाले दोष मुक्त ठान्छन् तर नराम्रा कामकुरा गति गरिसकेका छन्, स्वीकार्दैनन् । बरु आफ्ना पुराना अपराधबाट कमाउन पाईने राज्यव्यवस्था नै ठिक भनेर त्यही मागदावी गरिरहेका छन् । त्यही व्यवस्थाबाट धनाड्य लुटेर बनेका हुन् । यिनलाई देशका बोझ किन नठान्ने त !
आफूलाई भगवान ठान्ने, अरुले आफूलाई मान्नुपर्छ भन्ने बुझ्ने र नमान्नेहरु दुस्मन ठान्ने स्वाँठहरुको के कुरा गर्नुपर्ने थियो र ! ज्ञानेन्द्र त वर्ग नै सामन्ती, निर्दयता, क्रूरता, विवेकहीनता र नृशंसता स्वभाविक रुपमा भैहाल्छ तर केपिमा त्यो वर्ग उत्थानसँगै पलाएको सोच, चिन्तन र प्रबृत्ति हो । मानिसमा हुने दासतामा उनीहरुको अस्तित्व हुने गर्छ । उनीहरुका सामन्ती, सोच, शैली र प्रबृत्तिहरु दासतामा रहेकाहरुको भीडमा अभिव्यक्त भएको छ । भीड यो देशको चेतनास्तर को अभिव्यक्ति हो जुन रैती र दासताको भोलम मापन गर्न सकिने अभिव्यक्ति पनि हो ।
चीज गतिमा छ । सामन्तवाद चपरिमुनि पुगिसक्यो । केपिहरु छटपटि गरिरहेका छन् । माधव झलनाथहरुले नेतृत्व गर्दा त्यो ग्याङ उभयलिंगी जस्तो थियो, केपिले नेतृत्व लिएपछि लाईन क्लियर भएको छ- प्रतिगम ! यसको मतलव हुन्छ सामन्तवादको रछ्यानतिर पुग्नु ! तै पनि पत्रूहरु पन्छाउनै पर्यो त । उक्त वर्ग बिरुद्ध उभिनै पर्यो त !

प्रकाशित मिति: मङ्लबार, अशोज ९, २०८०