शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

सरकार र शिक्षकबीच ६ बुंदे सहमति, आन्दोलन स्थगित

सुनकोसी न्युज
आश्विन ५ गते शुक्रबार, २०८०
काठमाडौं । शिक्षा विधेयकको विषयलाई लिएर आन्दोलन गरिरहेका शिक्षकहरूको आन्दोलन स्थगित भएको छ। सरकार र शिक्षक महासंघबीच शुक्रबार भएको ६ बुंदे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले जानकारी दिनुभयो ।

संघीय संसद सचिवालयमा दर्ता भएको विद्यालय सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा रहेका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै देशैभरिका शिक्षक काठमाडौंमा जम्मा भइ विभिन्न माग राखी आन्दोलनमा गरिरहेका थिए ।

नेपाल शिक्षक महासंघले प्रेस मार्फत अघि सारेका अठार मागका सम्बन्धमा आवश्यक वार्ताको लागि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे संयोजकत्वमा नेपाल सरकारले वार्तागर्न आह्वान गरेकाे थियोे । नेपाल सरकार र नेपाल शिक्षक महासंघ शिक्षक तथा कर्मचारीको पेशागत हकहितप्रति पेशागत संस्थाका प्रतिनिधिको उपस्थितिमा नेपाल सरकारको तर्फबाट र नेपाल शिक्षक महासंघको तर्फबाट विभिन्न छ बुंदे सहमतिमा हस्ताक्षर गरिएकाे छ। हस्ताक्षरपछि आन्दोलनका कार्यक्रमहरू फिर्ता भएको गृहमन्त्रीका प्रेस संयाेजक कमल गिरिले जानकारी दिनुभयो ।

सरकार र शिक्षक महासंघबीच भएकाे ६ बुदे सहमति यसप्रकार छ –

प्रकाशित मिति: शुक्रबार, अशोज ५, २०८०