खेल समाचार हेडलाईन न्युज

एसिया कपमा नेपालसँगको खेल नखेल्ने, भारतिय खेलाडि केएल राहुल

सुनकोशी न्यूज
भदौ १२ मंगलबार,२०८०
काठमाडौं । एसिया कप क्रिकेटमा भारतका केएल राहुलले चोटका कारण एसिया कपको सुरुका दुई खेल खेल्न नसक्ने प्रमुख प्रशिक्षक राहुल द्रबिडले जानकारी दिएका छन् ।

विकेट किपर ब्याटर केएल राहुलले नियमति प्रशिक्षण गरिरहेको सुधार पनि भइरहेको द्रबिडले बताए । केएल राहुलको अनुपस्थितिमा इशान किसनले भारतका लागि विकेट किपिङ गर्ने छन् ।
भारतले आफ्नो पहिलो खेल पाकिस्तानसँग २ सेप्टेम्बरमा खेल्ने छ भने नेपाल र भारतको खेल ४ सेप्टेम्बरमा श्रीलंकामा नै हुने छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ १२, २०८०