खेल समाचार हेडलाईन न्युज

प्रधानमन्त्री पुष्पकमल दाहालले दिए क्रिकेट टिमलाई जितको शुभकामना

सुनकोशी न्यूज
भदौ १३ गते बुधबार, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजदेखि सुरू हुने एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्पुतान पुगेको नेपाली क्रिकेट टिमलाई जितको लागि शुभकामना दिएका छन्।

बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जितको लागि शुभकामना व्यक्त गरेका हुन्।
भर्चुअल बैठकमा नेपाली टिमका कप्तान रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुत हुने प्रधानमन्त्रीलाई जानकारी गराए।

प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रक‍ो विकास र खेलाडीहरूको हितका निम्ति आफूले सधै ध्यान दिएको बताए। नेपालले आज बुधबार घरेलु टिम पाकिस्तानसँग खेल्दैछ।

 

 

 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०