मुख्य समाचार समाचार हेडलाईन न्युज

संसद सभाको बैठक बस्दै, एमालेले अवरोध नगर्ने

संसद सभाको बैठक बस्दै, एमालेले अवरोध नगर्ने
भदौ ५ गते मंगलबार, २०८०

काठमाडौं । संसदिय सभाको बैठक आज बस्दै छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको नेकपा एमालेले आज भने अवरोध नगर्ने जनाएको छ ।

सोमबार राति प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार तयार भएपछि एमाले पनि संसद बैठक सञ्चालन गर्न दिन तयार भएको हो ।

 

 

प्रकाशित मिति: मङ्लबार, भदौ ५, २०८०