समाचार हेडलाईन न्युज

विभिन्न निर्णय गर्दै सकियो माओवादी केन्द्रीय समितिको बैठक

सुनकाेशी न्युज
श्रावण २१ गते आइतबार, २०८०
काठमाडौं । नेकपा (माओवादी केन्द्र)काे केन्द्रीय समिति बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । श्रावण १७ गतेदेखि काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा सुरु भएको केन्द्रीय समितिको बैठ २१ गतेसम्म चलेको हाे।
बैठकले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ नामक ३ महिने अभियान सुरु गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले आगामी भदौ १५ गतेसम्म सम्पूर्ण तयारी सकेर सबै वडामा १६ गते एकै दिन अभियानकाे उद्घाटन गरिने बताउनुभयाे । अभियान भदाै, असाेज र कार्तिक तीन महिना सञ्चालन गरिने उहाँले बताउनुभयाे । अध्यक्ष प्रचण्डले देशकाे ७६४३ वडामा रहेका सबै जनताको घर-घरमा माओवादी पुग्ने बताउँदै आफू पनि ७ प्रदेशका सातवटा वडामा पुग्ने बताउनुभयो  । उहाँले पार्टीका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री  गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि आफू सँगै वडामा पुग्ने निर्णय भएको बताउनुभयो ।

जनतासँग माओवादी
“बिशेष रुपान्तरण अभियान” का मुख्य कार्ययाेजना यसप्रकार छन् :
१. देशभरका ७६४३ वडाका सबै घरमा पुग्ने
२. पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ७ प्रदेशका ७ वटा वडामा पुग्ने
३. वडामा केन्द्रीय सदस्य नै अभियानकाे नेतृत्व गरेर जाने
४. वडाका सबै सहिद परिवार, वेपत्ता परिवार, घाइते, अपांग र पार्टी कार्यकर्ता परिवार भेटघाट र सम्मान गर्ने
५. पार्टी सदस्यता नविकरण, विस्तार र कमिटिकाे बैठक, भेला, प्रशिक्षणमार्फत कमिटि सक्रिय र संस्थागत गर्ने
६. तीन चरणमा अभियान सम्पन्न गर्ने

बैठकले पदाधिकारीसहित नेताहरूकाे जिम्मेवारी पनि हेरफेर गरेको छ –

नेताहरुको जिम्मेवारी हेरफेर :

१. वर्षमान पुन अनन्त – उपत्यका बिशेष प्रदेश इञ्चार्ज

२. चक्रपाणी खनाल-  १ नं प्रदेश इञ्चार्ज

३. लीलामणि पोख्रेल-   मधेस प्रदेश इञ्चार्ज

४. जनार्दन शर्मा प्रभाकर-  बागमती प्रदेश इञ्चार्ज

५. देवेन्द्र पौडेल सुनिल-  गण्डकी प्रदेश इञ्चार्ज

६. हितमान शाक्य सुमन-  लुम्बिनी प्रदेश इञ्चार्ज

७. मात्रिका यादव-  कर्णाली प्रदेश इन्चार्ज

८. डिलाराम आचार्य-  सुदुरपश्चिम प्रदेश इञ्चार्ज

९. गिरिराजमणि पोख्रेल –  सम्पर्क समन्वय प्रदेश इञ्चार्ज

१०. राम कार्की – प्रवास प्रदेश इञ्चार्ज

त्यसैगरी

अग्नि सापकोटा – प्रचारप्रसार र आइटी इन्चार्ज

पम्फा भुषाल-  जनसंगठन र माेर्चा इन्चार्ज

कृष्णबहादुर महरा- समाजवादी माेर्चा, एकता

गणेश शाह- विज्ञान प्रविधि

दिनानाथ शर्मा- अन्य जवस माेर्चा

अन्य निर्णयहरू

– भदौ, असाेज र कार्तिक महिनामा अभयान सञ्चालन गर्ने र मंसिरमा विधान सम्मेलन गर्ने

– सबै कमिटीहरू निर्वाचन पद्धतिबाट निर्वाचित गर्ने

– प्रदेश समन्वय केन्द्र खारेज गर्ने

-जवस माेर्चाकाे फ्रयाक्सन इन्चार्ज परिवर्तन गर्ने

– प्राकृतिक कृषि हरित अभियान सञ्चालन गर्ने

– जिल्ला ईन्चार्ज अन्तरजिल्ला जिम्मेवारी लिने गरि ताेक्ने

-निर्वाचन र  प्रतिस्पर्धाकाे बाटाेबाट समाजवादकाे आधार तयार गर्ने

– ६७४३ वडामा कमिटी निर्माण गर्ने

– शान्ति प्रक्रियाकाे बाँकि काम सम्पन्न गर्ने

– भ्रष्टाचार र तस्करीविराेधी अभियान र कार्वाही लाई निरन्तर अगाडि बढाउने, प्रमाणले भेटेसम्म कसैलाई नछाड्ने निर्णय बैठकले गरेको छ।

प्रकाशित मिति: आइतवार, साउन २१, २०८०