सुनकोसी न्युज
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यक्रम पारित गर्नका लागि संसदमा मतदान गर्न लागिएको छ ।
एमाले सचेतक महेश बर्तौलाले मत विनियोजन विधेयक २०८० माथि असहमति राख्ने सांसद धेरै रहेको दाबी गर्दै ध्वनि मतको सट्टा मत विभाजनको प्रक्रिया अपनाउन आग्रह गरेपछि सभामुखले मत विभाजनको प्रक्रिया सुरु गर्न निर्देशन दिएका हुन् ।
प्रतिनिधिसभाकाे नियमावली २०७९ मा २८ जना बढी सांसदले उठेर मत विभाजनको प्रक्रिया माग गरेमा सभामुखको सो को प्रक्रिया अपनाउनुपर्ने व्यवस्था रहेको छ ।
सलनमा मत विभाजन जारी रहेको छ।
बजेट पास गर्न संसदमा मत विभाजन गरिदै

Add Comment