समाचार हेडलाईन न्युज

पास भयो आर्थिक वर्ष २०८०/०८१ काे बजेट

किरण खड्का
सुनकोसी न्युज
असार १३ गते बुधबार २०८०
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यक्रम पारित भएको छ। बजेटको पक्षमा २४७ मत प्राप्त भएको छ भने विपक्षमा १०८ मत परेको एक सांसदले जानकारी दिए।
बजेट पास गर्न ध्वनि मतको सट्टामा मत विभाजनकाे माग भएपछि संसदमा मतदान गरिएको थियो ।
एमाले सचेतक महेश बर्तौलाले मत विनियोजन विधेयक २०८० माथि असहमति राख्ने सांसद धेरै रहेको दाबी गर्दै ध्वनि मतको सट्टा मत विभाजनको प्रक्रिया अपनाउन आग्रह गरेपछि सभामुखले मत विभाजनको प्रक्रिया सुरु गर्न निर्देशन दिएका हुन् ।
प्रतिनिधिसभाकाे नियमावली २०७९ मा २८ जना बढी सांसदले उठेर मत विभाजनको प्रक्रिया माग गरेमा सभामुखको सो को प्रक्रिया अपनाउनुपर्ने व्यवस्था रहेको छ ।
सलनमा मत विभाजन जारी रहेको छ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०