समाचार हेडलाईन न्युज

प्रेस सेन्टरले बुझायो प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

सुनकोसी न्युज
जेठ ३१ बुधबार, २०८०
काठमाडौं । प्रेस सेन्टर नेपालले आज सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
जनपक्षिय पत्रकारिता, प्रेस स्वतन्त्रता र परिवर्तनको पक्षमा क्रियाशील प्रेस सेन्टर नेपालले भर्खरै सम्पन्न  १९ साधारणसभाको निर्णय अनुसार नै  प्रधानमन्त्री प्रचण्डलाई ध्यानकाकर्षण पत्र बुझाएको प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सपकोटा जुगलले जानकारी दिनुभयाे ।जुगलको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा विहान ध्यानकर्षण पत्र बुझाइएको हो । आज देशैभर सरकार प्रमुखहरूलाई ध्यानाकर्षण पत्र बुझाउन लागेको प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा संगठको केन्द्रीय समितिको तफबाट पेश गरिएको पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले प्रेस सम्बद्ध मागहरुप्रति सरकार गम्भीर भएको बताउनुभयो । उहाँले सरकारले पत्रमा उल्लेख गरिएको विषयहरुप्रति सरकरको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, साना लगानीका स्वरोजगार मिडियाको संरक्षण, समानुपातिक विज्ञापन नीतिलाई व्यवहारमा कार्यान्वयन गर्ने विषयमा सरकार प्रतिवद्ध र गम्भीर रहेको छ प्रधानमन्त्रीले भन्नुभयो । प्रधानमनत्रीले परिवर्तन र जनपक्षीय पत्रकारीतामा प्रेस सेन्टरले खेलेको भुमिकाको प्रशंसा गर्दै अहिले परिवर्तनविरोधीले फैलाएको भ्रम र वितण्डाहरुको डटेर प्रतिवाद गर्न अपील पनि गर्नुभयो ।
उहाँले भ्रष्टाचारविरुद्ध सरकारले सम्झौताहिन लडाई लडिरहेको बताउँदै त्यसको लािग सरकार पछि नहट्ने बरु सरकार छाड्न तयार हुने बताउनुभयो । प्रेस सेन्टरले ध्यानाकर्षण पत्रमा सरकारले लिएका नीति र कदमहरुबाट जनतामा राम्रो सन्देश गएको र सदन भित्र र बाहिरबाट शान्ति प्रक्रिया र परिवर्तनका एजेण्डाविरुद्धमा भएका गतिविधिहरुप्रति सरकारले गम्भीर कदम चाल्न आग्रह गरेको थियो । प्रधानमन्त्रीले ती हर्कतहरुविरुद्ध सरकार गम्भीरर भएको बताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष तथा पुर्व सभामुख अग्नी सापकोटा, प्रधानमन्त्रीका राजनीीतक सल्लाहाकार हरिबोल गजुरेल, प्रेस सेन्टरका इन्चार्ज महेश्वर दाहाललगायतको उपस्थिति रहेको थियो ।
ध्यानाकर्षण पत्रमा सरकारले लिएका जनपक्षीय निर्णय र कदमप्रति एक्यवद्वतासहित, प्रेस स्वतन्त्रता,  न्युनतम पारिश्रमिक वृद्वि,  पत्रकारका समस्याहरू, समानुपातिक विज्ञापन लागू गर्ने र शान्ति प्रक्रिया लगायतका विषयहरू समेटिएकोे छ ।
महासचिव पौडेलका अनुसार अन्य प्रदेश, जिल्ला र स्थानीय तहमा आज देशैभर ध्यानाकर्षण पत्र बुझाइनेछ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ३१, २०८०