सुनकोसी न्युज
जेठ २० गते बुधबार २०८०
काठमाडौं / काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (कक्षा-१०) को नतिजा नआउँदासम्म भर्नासम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन सबै विद्यालयलाई आग्रह गरेको छ । महानगरले आज एक सूचना प्रकाशित गरेर कक्षा १० को नतिजा नआउँदासम्म कक्षा ११ मा भर्नासम्बन्धी कुनै पनि क्रियाकलाप नगर्न-नगराउन अनुरोध गरेको हो ।
एस.इ.इ. काे रिजल्ट नआउन्जेल ११ मा भर्ना प्रक्रिया सुरु नगर्न निर्देशन

Add Comment