समाचार हेडलाईन न्युज

पशुपतिले विद्युतिय शव दाह निशुल्क गर्ने

सुनकोसी न्युज
वैशाख ३१ गते आइतबार, २०८०
काठमाडौं । बैशाख ३१ गते । पशुपति आर्यघाटमा दाहसंस्कारका लागि ल्याइने शवहरुलाई अब पशुपति क्षेत्र विकास कोषले निशुल्क शवदाहको व्यवस्था गर्नें भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा आईतवार बसेको पशुपति क्षेत्र विकास कोषको संचालन परिषदको बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि ल्याईने शवहरुलाई थप विद्युतीय शव दाहगृहको व्यवस्था गरी निशुल्क दाहसंस्कारको व्यवस्था गर्न लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन थापाले बताउनु भएको हो ।
पशुपति क्षेत्र विकास कोषका
सदस्य सचिव डा. थापाका अनुसार पशुपतिमा शवहरुको दाहसंस्कारका लागि अहिले दुई वटा विद्युतिय शव दाहगृह रहेका मध्य एउटाको मशिन विग्रीएर एउटा शव दाहगृह मात्र संचालनमा रहेको अवश्थामा सो हि स्थानमा थप ४ वटा विद्युतिय शवदाह गृह निर्माण गरिने भएको छ । अहिले संचालनमा रहेको एक विद्युतिय शव दाहगृह र थप ४ वटा विद्युतिय शव दाहगृह निर्माण पछि जम्मा ५ वटा विद्यूतिय शव दाहगृह हुने छ । यी विद्युतिय शव दाहगृह निर्माणको काम सकिएसंगै पशुपति क्षेत्र विकास कोषले सबै शवहरुको निशुल्क शवहरुको दाहसंस्कार गर्ने तयारी गरेको बताईएको छ । अहिले पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापट दाउराबाट जलाउने घाटमा १५ हजार र विद्युतिय शव दाहगृहमा ४ हजार रुपियाँ शुल्क लिने गरेको छ ।
थप नयाँ ४ वटा विद्युतिय शव दाहगृह निर्माण भए पछि पशुपति क्षेत्र विकास कोषले पशुपतिको घाटमा आउने सबै शवहरुलाई निशुल्क दाहसंस्कारको काम गर्ने छ भने ईच्छुक दाताहरुका लागि स्वईच्छाले हर कसंैले कोषको खातामा आर्थिक सहयोग गर्न चाहेको खण्डमा विकल्प खुला राखिने बताईएको छ ।  नयाँ थप ४ विद्युतिय शव दाहगृह मशिन खरिद गर्नका लागि पशुपति क्षेत्र विकास कोषले आफनै स्रोतबाट ८ करोड रुपियाँ छुटटाएको बताईएको छ । विद्युतिय शव दाहगृह निर्माण पछि संचालनका लागि पशुपति क्षेत्र विकास कोषले १ करोडको अक्षय कोष स्थापना गरीने र अन्य दाता संघसंस्थाकहरुसंग पनि कोषमा सहयोगका लागि बाटो खुला राख्ने योजना गरको बताईएको छ ।
आईतवार संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा बसेको पशुपति क्षेत्र विकास कोषको संचालन परिषदको बैठकको अध्यक्षता संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किरातीले गर्नु भएको थियो भने सो बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्रि शुसिला सिर्पालीको समेत विशेष उपस्थिती रहेको पशुपति क्षेत्र विकास कोषका सुचना अधिकृत रेवतीरमण उपाध्यायले बताउनु भएको छ ।

प्रकाशित मिति: आइतवार, बैशाख ३१, २०८०