सुनकोसी न्युज
वैशाख ३१ गते, आइतबार, २०८०
काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको हाे ।
भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगी गरेको आराेप उनीमाथि छ ।रायमाझीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो ।
पक्राउ पुर्जी जारी हुँदा रायमाझी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए । त्यहाँबाट बुटवल हुँदै काठमाडौं हिँडेका उनी फरार भएका थिए ।
एमाले सचिव रायमाझी गिरफ्तार

Add Comment