समाचार हेडलाईन न्युज

छैटौं तलाबाट खसेर माधव नेपालका भाइकाे निधन

सुनकोसी न्युज
फाल्गुन २० गते शनिबार, २०७९
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको छैटौं तलाबाट खसेर निधन भएको छ । उनी एकीकृत समाजवादी पार्टीका नेता समेत हुन् ।

उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार उनलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको थियो ।

त्यहाँबाट अन्नपूर्ण अस्पताल लगिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
उपाध्यायले कफि सपकाे छैटौं तलाबाट हामफालेकाे बताइएको छ।

प्रकाशित मिति: शनिबार, फाल्गुन २०, २०७९