समाचार हेडलाईन न्युज

पाेखरा प्लेन दुर्घटना : उच्चस्तरीय जाँचबुझ आयोग गठन, सोमबार सार्वजनिक विदा

सुनकोसी न्युज
काठमाडौं, १ माघ । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठक सकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक बैठकले घटनाप्रति गहिरो दुख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्दार कार्यलाई प्रभावकारी बनाउन सरकारका सबै संयन्त्रहरूलाई निर्देशित गरेको छ। बैठकले माघ २ गते सोमबारलाई राष्ट्रिय शोकका रूपमा सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ।
मन्त्रिपरिषद बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठनसमेत गरेको छ। आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ।
बैठकले घटनाबारे मृतकका आफन्तहरूलाई सही सूचना दिन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ। पार्थीव शरीर बुझ्न र लैजान सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्ने निर्णय पनि गरेको छ।
साथै सबै हवाइजहाजहरूको प्राविधिक परीक्षण अनिवार्य गर्नसमेत बैठकले निर्देशन दिएको छ। त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई तोकेकोसमेत बैठकले जनाएको छ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरु

१. पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन

संयोजक ः पूर्वसचिव नागेन्द्र घिमिरे
सदस्यहरु – हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा

सदस्य सचिव– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने

२. आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन

३. सोमबार (माघ २ गते) देशभर शोक बिदा

३. आफन्तलाई यकिन जानकारी दिन कल सेन्टर स्थापना

पोखरामा भएको विमान दुर्घटनामा ६८ जना यात्रुसहित ७२ जनाकाे नामावलीः
नेपाली यात्रुः

किसान आचार्य
निशान्त आचार्य
शालिगराम आचार्य
सडकात अलिमिया
पूर्ण बहादुर गुरुङ
जितेन्द्र बहादुर कुँवर
एलिना बन्ड्रो
अनिशा बानियाँ
स्लक भट्ट
निरा छन्त्याल
आशिमा गुरुङ
अनुशा गुरुङ
बेलमान गुरुङ
विजयकुमार गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
लक्कि गुरुङ
शिवकुमार गुरुङ
सिता गुरुङ
यमुना गुरुङ
यास्मिन गुरुङ
रविन हमाल
सन्जय जैसवाल
सोनु जैसवाल
रचना काफ्ले
सीता कुमारी खड्का
अनिल कुमार राजभार
भगवती कुँवर
अविशेक कुश्वाह
ओम माया गुरुङ
सुस्मा पाण्डे
हरि परियार
लक्ष्मी परियार
रिता परियार
अरुण पौडेल
लक्ष्मी पौडेल
प्रसिद्धि पौडेल
त्रिभुवन पौडेल
पोजन राना
सविना रायमाझी
राजन सापकोटा
अनिल शाही
संगिता शाही
जमुना शर्मा
विशाल शर्मा
युवराज शर्मा
मोहन श्रेष्ठ
डा. शोना दिवाकर
बन्दना सुनार
राजुसिंह ठकुरी
चुर्ण थापा
गणेश थापा
लवराज तिमिल्सिना

विदेशी यात्रु?

मेरोल लभ
आयूरी ल्यागीन
भिक्टर ल्यागीन
जेनितसन्डरा पालाभेकिनो
भिक्टोरिया अतुनिना
इलिना बण्डुरो
रुअनकालुम क्रिघ्टोन
एलेक्जेण्डर आइरिडोरे

शिशुहरु:

कृष परियार
प्रसिद्धी पौडेल
आयुर्दि शर्मा
बेबी शर्मा

प्रकाशित मिति: आइतवार, माघ १, २०७९