समाचार हेडलाईन न्युज

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने

सुनकोसी न्युज
पुस २६ गते मंगलबार,२०७९
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

मंगलबार मध्यान्ह संसद भवन बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको नेता कृष्णप्रसाद सिटौलाले बताए ।

प्रधानमन्त्री प्रचण्ड सोमबार साँझ सभापति देउवा निवास पुगेर विश्वास मत मागेका थिए । नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको सिटौलाले जानकारी दिए।

प्रकाशित मिति: मङ्लबार, पुस २६, २०७९