समाचार हेडलाईन न्युज

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी, देउवालाई ६४ र गगनलाई २५ मत

सुनकोसी न्युज
पुस ६ गते बुधबार
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा चुनिएका छन्।

बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा देउवा ६४ मत ल्याएर संसदीय दलको नेता चुनिएका हुन्।

उनको प्रतिस्पर्धामा उत्रिएका कांग्रेस महामन्त्री एवं काठमाडौं-४ का सांसद गगन थापाले २५ मत पाए।

कांग्रेस संसदीय दलका लागि ८९ जना सांसदले मतदान गरेका थिए।

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९