समाचार हेडलाईन न्युज

कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनकाे उम्मेदवारी दर्ता

सुनकोसी न्युज
पुस ५ गते मंगलबार २०७९
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन्।

मंगलबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेर देउवा र थापाले उम्मेदवारी दिएका हुन्।

देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् भने महामन्त्री थापाको समर्थकमा शेखर कोइराला तथा प्रस्तावाकमा धनराज गुरूङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल छन्।

संसदीय दलको नेताका लागि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुनेछ ।

कांग्रेस संसदीय दलको नेताका लागि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुने निर्वाचनमा ८९ सांसदले मतदान गर्न पाउँछन् ।

विजेताले ५१ प्रतिशत अर्थात ४५ मत ल्याउनुपर्ने हुन्छ।

प्रकाशित मिति: मङ्लबार, पुस ५, २०७९