समाचार हेडलाईन न्युज

अखिल क्रान्तिकारीभित्र भाडँभैलाे, अध्यक्ष सिंहमाथि उपाध्यक्षहरूकाे गम्भीर आराेप

सुनकोसी न्युज
मंसिर २९ गते बिहीबार, २०७९
काठमाडौं । अखिल क्रान्तिकारीले पाेखरा विश्वविद्यालय र सिटिभिटिमा गरिरहेको आन्दोलनको विषयलाई लिएर संगठनका अध्यक्ष र पदाधिकारीबीच सामाजिक संजालमै आराेप-प्रत्याराेप सुरु भएको छ।

संगठनका केही उपाध्यक्षहरूले अध्यक्ष पञ्चा सिंहमाथि आर्थिक चलखेलकाे लागि बार्गेनिङ गरेर पाेखरा विश्वविद्यालय र सिटिभिटिमा नयाँ संम्बन्धनकाे सहमति दिएको आराेप लगाएका छन् ।

उपाध्यक्षहरू ईन्द्र भुषाल, मिलन एमसि, लक्ष्मी जाेशी, राजकुमार याक्साे, नारायण खनाल, डा. अच्युत भट्ट र गजेन्द्र देवले एक संयुक्त विज्ञप्ति निकाली पञ्चा सिंहकाे बिराेध गर्दै उनको नेतृत्वमा रहेको संगठन भङ्ग गरि महाधिवेशन गर्न केन्द्रीय समिति र पदाधिकारीको बैठक माग गरेका छन् ।

सिटिभिटि र पाेखरा विविकाे विषयलाई उल्लेख गरेर उपाध्यक्ष इन्द्र भुषाल र नारायण खनालले सामाजिक संजाल फेसबुकमै स्टाटस् समेत लेखेका छन् ।

यसैबीच गत राष्ट्रिय महाधिवेशनले चुनेको अध्यक्ष लगायत केन्द्रीय समितिलाई अबैध भन्दै समानान्तर कमिटी गठन गरेर गतिविधि गरिरहेका पवन कार्कीले समेत यही माैकामा पञ्चामाथि आक्रमक बनेका छन् । अखिल क्रान्तिकारीभित्र भएको विवादलाई देखाउदै उनले पञ्चाकाे कमिटी भंग गरि नयाँ कमिटि बनाउन माग गरेका छन् । अखिल क्रान्तिकारीकै लेटरप्याड प्रयोग गरेर कार्कीले एक विज्ञप्ति निकालेका छन् जसमा उनलेे आफूलाई संयाेजक लेखेका छन् ।

यसरी आफ्नो भगिनी संगठनका नेताहरूले गरेको भद्रगोल समाधानमा भने पार्टी माैन देखिन्छ । विधान र अनुशासन उल्लंघन गर्ने कसैलाई पनि कारबाही भएको देखिदैन । एकातिर अध्यक्ष सिंहले आर्थिक प्रलोभनमा गलत कार्य गरेको आराेप लागिरहँदा पनि पार्टी माैन छ भने आर्काेतिर सम्मेलनले बनाएको नेतृत्व र केन्द्रीय समितिलाई अबैध भन्दै समानान्तर समिति निर्माण गरि संगठनकै लाेगाे र लेटरप्याड प्रयाेग गरिरहेका पवन कार्कीलाई समेत कुनै कारबाही गरेको छैन । बरु नेताहरू यी दुबैकाे कार्यक्रममा सहभागी हुने गरेका छन् । गाैरवशाली इतिहास रचेको संगठनलाई यसरी भद्रगोल बनाउने अधिकार कसैलाई पनि नरहेको एक केन्द्रीय सदस्यले आक्राेस पाेखे । यसैबीच संगठनबिराेधी दुस्प्रचार गर्नेलाई कारबाही गर्न अखिल क्रान्तिकारीले पार्टीसँग माग गरेको महासचिव दिपेश पुनले बताए ।
पवन र उपाध्यक्षहरूले निकालेको विज्ञप्ति हेराैं –

प्रकाशित मिति: बिहिबार, मंसिर २९, २०७९

 

 

ताजा अपडेट