समाचार

प्रम ओली विदेश जाँदाजाँदै सचिवालयले गरेका निर्णयले उत्पन्न गरेका तरंग

सुनकोशी न्युज, काठमाण्डौं, २०७६ भाद्र ६, ७ः६
विहिबार विहान सचिवालयको बैठक सिध्याएर नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अपरान्ह उपचाका लागि सिंगापुर प्रस्थान गरेका छन् । यस पटकको सचिवालय बैठकमा प्र.म. ओली र चौथो वरियताका नेता माधव कुमार नेपालबीच व्यक्तिगत स्तरमा ओर्लिएर भनाभन भएको बताइएको सर्बत्र चर्चा छ ।
बैठकले पार्टीका आगामि बैठक ओली नभए पनि अर्का अध्यक्ष प्रचण्डको नेतृत्वमा बस्न सक्ने निर्णय गरेको छ । उक्त बैठकले पार्टीका सबै विषयमा निर्णय लिन सक्ने तर अध्यक्ष ओलीको सहमति चाहिन्छ भन्ने विषयलाई लिएर ओली र नेपालबीच भनाभन भएको थियो ।
नेपालले सचिवालयमा सबै बराबरी हैसियत भएको नेता भएका र ओली आफूहरुमध्येबाटै पहिलो नम्बरमा भएको बताउदै निर्णय प्रकृयामा अध्यक्ष लगायत सबैको भोट अधिकार उति नै हुने बताएका थिए । त्यसमा ओलीको असहमति रहेको थियो । अन्त्यमा ओलीको अनुपस्थितिमा प्रचण्डको अध्यक्षतमा बस्ने बैठकले पनि सबैखाले निर्णय लिन सक्ने निर्णय गरेको छ । पार्टी एकतापछि प्रचण्ड र ओली दुई अध्यक्षले आलोपालो बैठकको अध्यक्षता गर्ने निर्णय भएता पनि अहिलेसम्म सबै बैठकको अध्यक्षता ओलीले मात्रै गर्दै आएका थिए ।
तीब्र गुटबन्दीले थिलथिलो भएको पूर्वएमाले पार्टीमा भएका गुटहरु अहिले पनि सकृय अवस्थामा भएका कारण पार्टी एकता ढिलो भएको पूर्वएमालेका नेताहरुले बताउने गरेका छन् । माधव नेपालले आफू निकट नेता–कार्यकर्तालाई संगठनमा जिम्मेवारी दिने कुरामा गरेको रडाकोले सो कुरालाई पुष्टि गरेको छ । श्रावण २४ गते काठमाण्डौं जिल्ला कमिटिको बैठकमा माधव नेपाल गुटमा जिल्ला सदस्यहरुले स्पष्ट रुपमा आफ्नो गुटलाई काठमाण्डौंमा मिनिमाइज गरिएको असन्तुष्टि पोखेका थिए ।
ओली र नेपाबीचको झगडा चौतर्फि आलोचना र हसिमजाकको विषय बनेपछि नेपालले आफू र ओलीबीचको झगडा लोग्नेस्वास्नीको झगडा जस्तो भएको प्रतिकृया दिएका छन् । अध्यक्ष प्रचण्डले नेताहरुले जथाभावी जे मन लाग्यो त्यही बोल्दै हिडेका कारण स्तर गिरेको बताएका छन् ।
नेपालमा नौं महिना नाकाबन्दी लगाएर बदनाम बनेका भारतीय विदेशमन्त्री एस. जयशंकर नेपाल भ्रमणमा आएका बेला उनले प्रम ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटे । तर पूर्व प्रम प्रचण्ड, देउवा, नेपाल, भट्टराई लगायतलाई भेटघाटका लागि द्वारिकाज होटल बत्तिसपुतली बोलाए । भट्टराई र देउबा द्वारिकाजमा गएर जयशंकरलाई भेटे । तर प्रचण्ड र नेपाल गएनन् । यसरी पूर्वप्रधानमन्त्री अर्को देशको विदेशमन्त्रीलाई भेट्न होटलमा जानु कुटनीतिक मर्यादाभित्र नपर्ने भएका कारण उनीहरु नगएको बताइएको छ । एस. विहिबारै स्वदेश फर्किएका छन् । विश्लेषकहरुले नेताद्वोयको यो कदमलाई राष्ट्रियताप्रतिको स्वभिमान बताएका छन् । तर यो स्वभिमान कुनै लेनदेनमा गएर स्खलित नहोस् भन्ने उनीहरुले कामना गरे ।
एकताप्रकृया सुरु हुदादेखि नै प्रचण्ड निकट मानिएका पाँचौं नम्बरका सचिवालय सदस्य बामदेव गौतम केही समयदेखि पार्टीमा चलेको विचारको बहसमा जबजको पक्षा लेख लेख्दै ओली गुटमा प्रवेश गरेलगत्तै पार्टीको अपाध्यक्ष भएका छन् । तर पार्टीमा उपाध्यक्ष पद व्यवस्था नभएका कारण उनको पद नपाउदै धरापमा परेको छ । स्थायी कमिटिको बैठकबाट पारित गर्ने गरी उनलाई सचिवालयको बैठकले उपाध्यक्ष बनाएको हो । ओलीले उनलाई कास्कीबाट उपचुनाव लडाउने आश्वसन पनि दिएको चर्चा छ । संगठन विभाग संयोजक पाएका गौतमलाई किसान महासंघको इञ्चार्ज पनि बनाइएको छं । महासंघमा सहइन्चार्ज सुनिल मानन्धरलाई बनाइएको छ भने अध्यक्ष बिवादित पूर्व कृषिमन्त्री हरि पराजुलीलाई बनाइएको छ ।
एकता गर्दाका बखत माओवादीतर्फका अध्यक्ष चित्रबहादुर श्रेष्ठलाई वामदेवको सहसंयोजक बनाइएको थियो । तर अहिले उनलाई संगठनमा हरि पराजुलीभन्दा पनि तलको पोटफोलियोमा राखिएको छ । आफ्नो अपमान र मानमर्दन गरिएको भन्दै श्रेष्ठले आपत्ति जनाएका छन् । श्रेष्ठ राष्ट्रिय किसान आयोगका कार्यकारी अध्यक्ष रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६