जीवनशैली मुख्य समाचार

सिन्धुली- २ का उम्मेदवार राजन दाहाललाई यसरी चिनाैं

सुनकोसी न्युज
कार्तिक ३० गते बिहीबार २०७९

लेखनाथ दाहाल ‘राजन’ सिन्धुलीका लोकप्रीय युवा नेता हुन् । यस पटक उनी पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट सिन्धुली क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका उम्मेदवार छन् ।

सिन्धुलीमा उनको लोकप्रीयता, जनतासँगको सम्बन्ध र संगठन विस्तारमा उनले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै पार्टीले यसपटक दाहाललाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको थियो । २०७४ मा भने उनी प्रदेशसभामा विजयी बनेका थिए । २०७४ मा प्रदेशसभामा विजयी बनेका दाहाललाई यसपटक माओवादी केन्द्रले प्रतिनिधिसभाको उम्मेदवार बनाएको हो ।

राजनीतिक संघर्षका हरेक मोर्चामा सक्रिय रहने दाहालले ती मोर्चाहरूमा सफलता हासिल गर्दै आएका छन् । रामेछाप होस् या सिन्धुली नै किन नहोस् उनले जहाँ पार्टीको नेतृत्व सम्हाले त्यहाँ सफलता प्राप्त गरे । उनी उच्च तहमा जनताको माग अडानका साथ राख्छन् । जसका कारण उनी जनताका प्रिय नेता बन्न सफल भएका छन् ।

राजन दाहालको जन्म वि.सं. २०३४ साल असार १० गते बुबा लिलानाथ दाहाल र आमा टंककुमारी दाहालको कोखबाट भएको हो । दाहाल सुनकोशी गाउँपालिका ५ नाङ्गेडाँडाका स्थानीय हुन् ।

दाहालले विद्यार्थी जीवनदेखि नै राजनीति सुरु गरे । १२ वर्षकै उमेरमा कक्षा ८ मा पढ्दै गर्दा २०४६ सालमा दाहालले राजनीतिक यात्रा सुरु गरे । २०५२ मा तत्कालीन माओवादीले महान् जनयुद्ध सुरु गरेसँगै उनी जनयुद्धको आँधीबेहरीमा होमिए ।

जनयुद्धको आँधीबेहरीमा होमिएका दाहाल शोषित पीडित जनताको आँखाको नानी थिए भने तत्कालीन राज्यसत्ताको आँखाको कसिङ्गर । सोही क्रममा तत्कालीन राज्यसत्ताले उनको खोजी कार्यलाई निकै महत्त्वका साथ अघि बढायो ।

जनयुद्धकै क्रममा तत्कालीन राज्यस्ताले दाहाललाई २०५३ सालमा गिरफ्तार गर्‍यो । उनले ३ वर्षसम्म जेल जीवन बिताएर २०५६ चैतमा मा रिहा भए । रिहा भएपछि पनि दाहाल थाकेनन् । जनताको मुक्तिका लागि उनी निरन्तर संघर्षको मैदानमा डटेर खडा भए ।

पार्टी र आन्दोलनप्रतिको निष्ठा, जनताप्रति समर्पण, कुशल संगठक, इमान्दार नेता अनि जनताका प्रिय पात्र भएकाले पार्टीले पनि दाहाललाई एकपछि अर्को गर्दै महत्त्वपूर्ण जिम्मेवारी दिँदै गयो । पार्टीले दिएका त्यस्ता जिम्मेवारीमा दाहालले आफूलाई खरो रूपमा उतारे । आफूले पाएको मोर्चामा सफलता प्राप्त गरेरै छाड्ने उनको विशेषता छ ।

शान्ति प्रक्रियामा आएपछि दाहाललाई पार्टीले रामेछाप खटायो । उनी रामेछापमा पार्टीको संगठन विस्तारमा सक्रिय बने । त्यहाँ रहँदा पनि दाहालले सफलता प्राप्त गरे ।

त्यसपछि पार्टीले उनलाई २०६६ मा सिन्धुली जिल्लामा सहइन्चार्ज बनाएर पठायो । उनी सिन्धुलीमा सक्रिय बने ।

दाहाल जहाँ जान्थे, त्यहाँ जनताका समस्या र पीरमर्कालाई नजिकबाट बुझेर त्यसको समाधान गर्न लागिपर्थे । जनताले खेप्ने हैरानी र दुःखले आफूलाई पीडा हुने दाहाल बताउँछन् । सोहीकारण जनताको सुखदुःखमा सधैँ साथमा रहने उनको प्रतिबद्धता छ ।

जिल्ला सहइन्चार्जको भूमिकामा सक्रिय रहेका दाहालको लगनशीलता र मेहनलाई पार्टीले पनि नजिकबाट नियालीरहेको थियो । सोही क्रममा २०६९ मा उनी पार्टीको जिल्ला इन्चार्ज र अध्यक्ष बने । पार्टीको जिल्ला नेतृत्व सम्हालेपछि पनि उनले जनतासँगको नाता टुट्न दिएनन् बरु अझ मजबुत बनाए । उनी जनताले समस्या पाएको थाहा पाउनेबित्तिकै समाधान गर्न तम्सिइहाल्छन् । सोहीकारण जनतासँग उनको नाता मजबुत बन्दै गएको छ ।

राजन दाहालले विभिन्न मोर्चामा सक्रिय रहँदा पाएको सफलतासँगै रजनीतिको सिँढी पनि उक्लँदै गए । यसै क्रममा पार्टीले उनलाई २०७४ मा प्रदेश सांसदको उम्मेदवार बनायो । त्यसबेला उनी अत्यधिक मतका साथ विजयी भए ।

प्रदेश सांसदका रूपमा क्रियाशील रहँदा दाहालले जनताको पक्षमा धेरै र उल्लेख्य कामहरू गरे । जसका कारण उनको लोकप्रियता थप चुलियो । दाहालको भूमिका र योगदानलाई उच्च मूल्यांकन गर्दै पार्टीले यसपटक उनलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।

राजन दाहाल अहिले सिन्धुली क्षेत्र नम्बर २ मा पाँच दलीय सत्ता गठबन्धनको साझा उम्मेदवार छन् । जनताका प्रिय नेता भएकाले उनको विजय सुनिश्चित भइसकेको माओवादी नेताहरू बताउँछन् ।

दाहाल भने प्रतिनिधिसभामा पुगेपछि जनताका आवाजहरूलाई अझ व्यवस्थित र बुलन्द बनाउने योजना रहेको बताउँछन् । जनतासँगको नाता कहिल्यै पनि टुट्न नदिने उनको प्रतिबद्धता छ ।

सिन्धुलीको समग्र विकास आफ्नो योजना रहेको दाहाल सुनाउँछन् । सोहीअनुसार प्रतिनिधिसभाको सांसदको रूपमा क्रियाशील हुने उनी बताउँछन् ।

आफ्नो विजयमा ढुक्क देखिएका दाहाल जनतासँगको सम्बन्ध अनि पार्टी संगठनलाई त्यसको कारण मान्छन् । ‘जनताको सुखदुःखमा सधैँ साथैमा छु । जनतालाई थाहा छ, राजन दाहाल को हो, कस्तो नेता हो भनेर । मैले चिनाइरहनु या बुझाइरहनु पर्दैन । किनकी मैले यहाँ गरेको काम उहाँहरूले देख्नुभएको छ । त्यसैको आधारमा निकै धेरै मतान्तरका साथ विजयी हुन्छु,’ दाहाल भन्छन् ।

दाहालले सांसद बनेपछि सार्वजनिक शिक्षाको गुणस्तर सुधार्ने, स्वास्थ्यको गुणस्तर सुधार्दै पहुँच वृद्धि गर्ने, रोजगारीको सिर्जना गर्ने, भौतिक र सामाजिक विकास गर्ने, प्रविधिधो विस्तार र पहुँच वृद्धि गर्ने, आधुनिक कृषि प्रणालीको विकास गर्ने, पर्यटनको प्रवर्द्धन गर्ने, खेलकुदको विकास गर्ने, उत्पादनमा जोड दिने, संस्कृतिको संरक्षण गर्ने जस्ता एजेन्डा अघि सारेका छन् ।

प्रकाशित मिति: बुधबार, कार्तिक ३०, २०७९