जीवनशैली मोडेल फिचर हेडलाईन न्युज

लमजुङबाट प्रतिनिधि सभाका उम्मेदवार देव प्रसाद गुरुङकाे चिनारी

सुनकोसी न्युज
कार्तिक २९ गते मंगलबार २०७९
को हुन् देव प्रसाद गुरुङ ?
नेकपा (माओवादी केन्द्र) का महासचिव देव प्रसाद गुरुङ लमजुङबाट प्रतिनिधिसभाका उम्मेदवार छन् । उनी पाँच दलीय गठबन्धनको साझा उम्मेदवार हुन् ।

वि.सं. २०१५ साल असोज २२ गते आमा बुद्य ज्ञामु गुरुङ र बाबु धन क्रें गुरुङको कोखबाट देवप्रसाद गुरुङको जन्म भएको हो।

लमजुङको सुन्दरबजार नगरपालिका- ८ बलिथुमका स्थानीय देव गुरुङले यशोदा गुरुङ सुवेदीसँग विवाह गरेका छन् भने उनीहरूका दुई जना छोरा छन्।

स्नातकोत्तरसम्मको अध्ययन गरेका गुरुङ हाल नेकपा (माओवादी केन्द्र) को महासचिव छन्। गुरुङ भाषा, नेपाली र अंग्रेजीको ज्ञान राख्ने गुरुङले नेपालमा वर्ग विश्लेषण, राज्यको पुनर्संरचना, संघीयता र राष्ट्रियता लगायतका पुस्तकहरू प्रकाशित गराएका छन् । गुरुङले अर्थ-राजनीति, संविधान, कानुन, न्याय प्रशासनलगायतका विषयहरूमा विभिन्न लेखहरू प्रकाशित गराएका छन्।

गुरुङले भारत, श्रीलंका, थाइल्यान्ड, हङ्कङ, फिलिपिन्स, जापान, व्रिटेन, फ्रान्स, जर्मनी, स्पेन, स्विट्जरल्यान्ड, बेल्जियम, नेदरल्यान्ड, अमेरिकालगायतका देशको भ्रमण गरेका छन्

राजकीय जिम्मेवारीः

·     वि.सं. २०६३ साल देखि ०६४ सम्म अन्तरिम व्यवस्थापिका संसद सदस्य

·     वि.सं. २०६४ देखि २०६८ सम्म पहिलो संविधानसभा सदस्य

·     वि.सं. २०६३ चैत्रदेखि २०६५ श्रावणसम्म स्थानीय विकासमन्त्री

·     वि.सं. २०६५ श्रावणदेखि २०६६ असोजसम्म कानून तथा न्यायमन्त्री

·     हाल संघीय प्रतिनिधिसभा सदस्य

संक्षिप्तमा देव प्रसाद गुरुङको राजनीतिक जीवनीः

·     वि.सं.२०३५/३६ सालदेखि विद्यार्थी आन्दोलनमा संगठित तथा पार्टी प्रवेश

·     वि.सं. २०३७ सालमा नेपाल कम्युनिष्ट पार्टीको चौथो महाविधवेशनमा सदस्यता

·     वि.सं. २०३९ सालमा पार्टीको पाँचौँ महाविधवेशन – ने.क.पा.(मशाल) को केन्द्रीय सदस्य तथा वि.सं. २०४० मा विद्यार्थी युनियन अनेरास्ववियु (छैटौँ) को केन्द्रीय अध्यक्ष

·     पञ्चायतविरोधी आन्दोलनमा सहभागी

·     वि.सं.२०४८ सालमा गठित ३ वटा कम्यूनिष्ट घटकको एकीकरण भइ ने.क.पा.  (एकता केन्द्र) को एकता महाधिवेशनबाट केन्द्रीय सदस्य

·     वि.सं. २०४८ सालको आम निर्वाचनमा संयुक्त जनमोर्चाको तर्फबाट ‘एक वाम एक ठाम’ को नारासहित लमजुङ क्षेत्र नं.–१ मा उम्मेदवारी

·     वि.सं. २०५१ सालमा सशस्त्र जनयुद्धसम्बन्धी विवाद भइ पार्टी विभाजन हुँदा ने.क.पा.(माओवादी) पक्षमा सक्रिय

·     वि.सं. २०५२ सालमा पार्टीको पोलिटब्युरो सदस्य

·     वि.सं. २०५३–२०५७ साल सम्म (४ वर्ष) जेल जीवन

·     वि.सं. २०६१ सालमा पार्टीको स्थायी कमिटी सदस्य

·     वि.सं. २०६२ सालमा ने.क.पा.(माओवादी) को तर्फबाट दोस्रो वार्ता टोलीको सदस्य

·     वि.सं. २०६२ सालमा अन्तरिम विधायिका संसदको सदस्य तथा संसदीय दलको उपनेता

·     वि.सं. २०६४ मा संविधानसभा चुनावमा मनाङ र कास्कीबाट निर्वाचित

·     वि.सं. २०६६–०६८ सम्म पार्टीको संसदीय दलको प्रमुख सचेतक

·     वि.सं. २०६८ मा राष्ट्रिय स्वाधिनताको विषयमा विवाद भई पार्टी विभाजन हुँदा मोहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी माओवादी पार्टीमा सहभागी

·     वि.सं.२०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचन बहिस्कार

·     वि.सं. २०७२ मा विभिन्न माओवादी घटकहरूबीच एकीकरण भई गठित ने.क.पा. (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय सदस्य

·     वि.सं. २०७४ सालमा भएको संघीय संसदीय निर्वाचनमा ने.क.पा.(माओवादी केन्द्र) प्रतिनिधिसभा सदस्य–लमजुङबाट निर्वाचित एवम् संघीय संसदीय दलको प्रमुख सचेतक

·     वि.सं. २०७५/१/३ मा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता पश्चात् नेपाल कुम्युनिष्ट पार्टीको स्थायी कमिटी सदस्य एवं पुनः संसदीय दलको मुख्य सचेतक

·     वि.सं. २०७७ फाल्गुन २३ गते सर्वोच्च अदालतको फैसलावाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपश्चात माओवादी केन्द्रबाट पुनः संसदीय दलको प्रमुख सचेतक

·     वि.सं. २०७९ भादौमा माओवादी केन्द्रको केन्द्रीय महासचिवमा मनोनित

प्रकाशित मिति: मङ्लबार, कार्तिक २९, २०७९