Uncategorized

प्रतिगामी हाेहल्ला बिरुद्धमा

सुनकोसी न्युज
आश्विन १९ बुधबार २०७९
विनोद दाहा
जनताले न्याय खोज्दा ईतिहासभरी नै मानिस मारिए र मानिसको ईतिहास रगतले भरिएको छ । यहाँ विजय उत्सव र खुसियालीका चाढपर्वहरु जनविरोधि छन् । जनयुद्धको अवधिभरी दशैं-तिहार जस्ता चाढपर्वहरु आफ्ना पृयजनहरु मारिएका वर्षहरु झैं लाग्थे र हामीहरु त्यस्ता दिन मनाउने गर्दैनथ्यौं ।

शुरुकै दिन कोहि मारिएनन् तर उक्त वर्ष राजा, कांग्रेस, राप्रपा र एमालेहरुले राज्यसत्ता सञ्चालन गर्ने भन्दै फागुन १४ गते १४ वर्षका विद्यार्थी दिलवहादुर रम्तेललाई आफ्नै विद्यालयमा आक्रमण गरेर मारिदिए । १५ गते रुकुम पिपलमा ६ जना माओवादी कार्यकर्तालाई गोली हानेर हत्या गरिदिए । सोही दिन जाजरकोटको नलसिंहमा २ जनालाई पक्रेर लगी भीरबाट खसालिदिएर मारे । यतिवेलासम्म माओवादी माओवादी मात्र मारिएकाले हत्यारा कसैले भनेनन् । राज्य सञ्चालकहरुले हत्या श्रृङ्खला जारि राखे । मा ओवादीको चैत्रको दोश्रोसाता बसेको पोलिटव्युरो बैठकले हत्यारो राज्यसत्तासँग प्रतिरोध गर्ने निर्णय गर्यो ।

त्यसपछि पनि राज्यले हत्या सृङ्खला रोकेन र माओवादीले पनि प्रतिरोध गरिरह्यो । राज्यले माओवादीलाई मार्ने अधिकार भएझैं गरेर जति जनता मार्छ माओवादी मारिएको बतायो भने माओवादीले प्रहरिसँग प्रतिरोध गर्ने, सुराकिलाई नसुध्रए सफाय गर्ने र सशस्त्र आक्रमण गरेर माओवादी मार्नेहरु जो आत्मसमर्पण गरेका छन् उनीहरुलाई नियन्त्रणमा रहे निसश्त्र पारेर नागरिक समाजलाई बुझाउने र जो आत्मसमर्पण नगरेका हत्यारा छन् उनीहरुलाई युद्धकालिन अवधिभर राख्ने जेलको अभावका कारण सफाय गर्ने नीति लिएको थियो । त्यसै अनुसार तत्कालै माओवादीले जिम्मेवारी लिंदै वक्तव्यहरु प्रकाशित हुनेगरेका थिए । यो सवकासामु जग्जायर छ र १२ बुँदेमार्फत सञ्चालन भएको राज्यले पनि माओवादीबाट घटनाहरुको जिम्मेवारी लिंदै परिवर्तनका लागि भएको न्यायोचित कार्यको योगदानको रुपमा स्वीकारेको छ ।

जनताको प्रतिरोधको करिब ११ वर्ष लामो अतुलनीय र कीर्तिमानी ईतिहास आफैंमा महान् छ । यही योगदानका कारण मानिस निरङ्कुश सामन्ती शासनबाट मुक्त भएका हुन् । नागरिक हत्या र वेपत्ता बनाउने १ नम्बरको शासक र आफ्नै वंशको अरु सबैको हत्या गरेर आफ्नो परिवार मात्र सुरक्षित गरेको हत्याराको नियन्त्रणमा पुगेको राज्यलाई जनताको नियन्त्रणमा ल्याउन माओवादीले गरेको योगदानलाई संविधानमै समेट्न सफल भएको थियो । सत्तामा रहेकाहरुबाट संसारमै हत्या र आतङ्कको कुख्याती कमाएको देशले शान्ति र उन्नतिका लागि नयाँ नेपालको रुपरेखा तयार गर्ने अवस्थामा माओवादीले नै पुर्याएको हो । यो गौरवशाली ईतिहास बनाउने माओवादीहरु ठूलो संख्यामा वलिदान गर्नुपरेको थियो । नयाँ नेपाल बनाउन रोक्ने हत्याराहरुलाई हिनतावोध र लघुताभाष हुनसक्छ तर चेत नफेरिएपछि फेरि षड्यन्त्रका तानावाना बुन्न थाल्छन् । सबैलाई थाहा छ- केपि र विद्याका संविधानमा छिद्राहरु खोजेर गर्नेगरेका हर्कतहरु, ज्ञानेन्द्रका वक्तव्यहरु र सडकमा देखाईएका मौसमी भाडाका र्यालीहरु अनि mcc संसदमा पुर्याएर जनताको सार्वभौमिक अधिकार खोस्ने दुस्कर्म गरेको अवस्था ।

जनताको गौरवशाली ईतिहासको खिल्ली उडाउनेगरी असामाजिक र विवेकहीन तत्वहरु माओवादीको ईतिहास मेटाउने दुस्कर्म गर्दैछन् र बदनाम गराउन अक्ष्यम्य अपराध गरिरहेका छन् । माओवादीले १७ हजार मारेर ल्याएको गणतन्त्र हो भन्दै यो गणतन्त्र उनीहरुलाई नचाहिएको कुरा गरिरहेका छन् । १७ हजार माओवादी मार्दा पनि रोक्न नसकेर आएको हो भन्ने आसय हो र आफ्नै पुरानो लुटतन्त्र र आतङ्क ठिक थियो भन्न खोजिरहेका छन् ।

यो गणतन्त्र पूर्ण हैन । अहिले त हत्यारो, कुख्यात, निरङ्कुश र सामन्ती वंशको शासन मात्र फेरिएको हो । त्यो शासनमा नअटेका वा त्यो शासनबाट गलत्याईएका र १२ बुँदेमा सहि गर्न आईपुगेका प्रतिक्रियावादीहरुसँग संझौता गरेर ल्याईएको व्यवस्था हो यो समाजवाद उन्मुख भनिएको व्यवस्था । यो आएको छैन र प्रतिक्रियावादीहरुसँग मिलेर आउने कुरा पनि हैन । प्रतिक्रियावादीसँग मिलेर समाजवाद आउने कुरा पनि हैन । समाजवाद जनताको पक्षमा हुन्छ तर प्रतिक्रियावादिहरु जनविरोधि हुन्छन् । सन्तुलन मिलाउन नसक्ने हो भने १२ बुँदेमा सहि ठोक्ने प्रतिक्रियावादी तप्का फर्किएर पुरानो शासक र संविधानमा छिद्रा खोज्ने षड्यन्त्रकारिसँग शरण लिन पुग्छन् । यो कुरालाई हेक्कामा राखेर अहिले राजनीति गर्नु कम्ताको चुनौतिपूर्ण छैन !

प्रकाशित मिति: बुधबार, अशोज १९, २०७९