Uncategorized बागमती समाचार हेडलाईन न्युज

काठमाडौंमा माओवादीले कुनकुन क्षेत्रमा दियो उम्मेदवारी ?

सुनकोसी न्युज
आश्विन २४ गते साेमबार, २०७९
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाकाे चुनावका लागि नेकपा माओवादी केन्द्र काठमाडौंले प्रतिनिधिसभा तर्फ ५ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। पाँचदलीय गठबन्धनमा तीन वटा क्षेत्र पाएको माओवादीले आश्विन २३ गते ५ क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ।

गठबन्धनको निर्णय अनुसार काठमाडौंमा माओवादीले पाउने भनिएका क्षेत्रमा पनि नेपाली कांग्रेसले आफ्ना पार्टीका उम्मेदवारलाई नै उम्मेदवारी दर्ता गर्न धमाधम टिकट दिएपछि माओवादी केन्द्रका केही नेताले पनि केही क्षेत्रमा उम्मेदवारी दर्ता गराएको काठमाडौंका जिल्ला इन्चार्ज कुमार पाैडेलले जानकारी दिए।

सहमति अनुसार काठमाडौं – ३ काे ख मा माओवादीले पाउने भनिए पनि नेपाली कांग्रेसले चक्रबहादुर ठकुरीका छाेरा विमल ठकुरीलाई उम्मेदवारी दर्ता गराएको छ। त्यसैगरी काठमाडौं – १० काे क मा पनि माओवादी उम्मेदवारबिरुद्ध कांग्रेसको उम्मेदवार उठाएको छ। क्षेत्र नम्बर ६ मा प्रदेश क माओवादीलाई दिने सहमतिबिपरित हरिप्रभा खड्गीलाई टिकट दिएको छ। यसरी काठमाडौंमा जताततै कांग्रेसले सहमति उल्लंघन गरेपछि माओवादीले पनि काठमाडौं -३  र १० क्षेत्रमा सबै स्थानमा आफ्ना उम्मेदवार खडा गरेको छ। जसअनुसार काठमाडौं ३ काे प्रतिनिधि सभा उम्मेदवार पूर्व प्रभावशाली मजदुर नेता पार्टीका केन्द्रीय सदस्य बद्री बजागाईंलाई उठाएको छ भने  क प्रदेशमा कपिलमुनि उप्रेती  र ख मा महेश्वर फुँयाललाई उठाएको छ। तर ख मा विमल ठकुरीले उम्मेदवारी फिर्ता लिए बजागाईं र उप्रेतीले पनि फिर्ता लिने केन्द्रीय सदस्य बद्री बजागाईले बताए ।

त्यसैगरी काठमाडौं १० मा पनि सहमति अनुसार क प्रदेशमा माओवादीलाई दिने कुरालाई अवज्ञा गर्दै कांग्रेसले उम्मेदवार खडा गरेपछि माओवादी केन्द्रले पनि प्रतिनिधिसभामा अञ्जना बिशुंखे र  प्रदेशमा पनि दुबै क्षेत्रमा उम्मेदवार उठाएको छ।  क मा दिलिप महर्जन र ख मा गणेश कुँवरलाई उठाएको छ । क्षेत्र नम्बर ६ काे क मा रवीन्द्र श्रेष्ठ र ख मा प्रकाश फुँयाललाई उठाएको छ।

गठबन्धनको सहमतिमा अनुसार काठमाडौं २ प्रतिनिधिसभामा ओनसरी घर्ती, र ९ मा कल्पना धमलाले उम्मेदवारी दिएका छन् भने ७ नम्बरमा माओवादी काेटामै ससपाका नेता बाबुराम भट्टराईकि छाेरी मानुषी यमी भट्टराईले उम्मेदवारी दिएकी छन् । यसअघि बाबुरामले जितेको गाेरखा =२ मा यसपटक नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव लड्दैछन्।

प्रकाशित मिति: सोमवार, अशोज २४, २०७९