समाचार हेडलाईन न्युज

ओखलढुंगाका जनयुद्धकालिन नेता ढुंगेलको निधन

सुनकोसी न्युज
आश्विन २२ शुक्रबार, २०७९
काठमाण्डाैं। ओखलढुंगाका बामपंथी नेता बालकृष्ण ढुंगेलको मृत्यु भएको छ । काँडाघारीस्थित उनी बस्दै आएको घरको बाथरुममा चिप्लिएर उनको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख भरतबहादुर बोहराले जानकारी दिए ।

उनको मृत्यु भएको खबर पाउनासाथ अनुसन्धानका लागि प्रहरी काँडाघारी पुगेको उनले बताए । ओखलढुंगाका ढुंगेल २०६४ सालमा तत्कालीन नेकपा माओवादीबाट सभासद् भएका थिए ।
जनयुद्धको सुरुमै भूमिगत भएर ओखलढुंगा, रामेछाप, साेलु लगायतको कमान्ड गरेका बालकृष्ण ढुंगेल जनयुद्धकालमै ८ वर्ष बढी जेल बसेका छन् । ओखलढुंगाका उज्ज्वल श्रेष्ठको हत्याको आराेपमा उनलाई शान्तिपूर्ण कालमा समेत पटकपटक समातेर करिब  चार वर्ष थुनेको थियो । सिंगो जनयुद्धमा हजारौंको हत्या भएको छ। त्यो कि सरकार पक्षबाट भएको छ, कि माओवादीको तर्फबाट । तर उनलाई मात्रै जनयुद्धकालिन मुद्दामा जनयुद्धपछि पनि सजाय भयो । माओवादीले केन्द्रीय सदस्यकाे जिम्मेवारी दिए पनि केपी ओलीले नेकपा बिभाजन गरेपछि उनी एमाले प्रवेश गरेका थिए । एमाले गएपनि उनको सत्व माओवादीमै रहेको ओखलढुंगाका नेताहरू बताउँछन्

प्रकाशित मिति: शनिबार, अशोज २२, २०७९