खेल

यू–१९ एसिया कपः नेपालको पहिलो खेल श्रीलंकासँग

एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल समूह ‘बी’ मा परेको छ ।

एसियाली क्रिकेट परिषदले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको हो ।

नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र युएई रहेका छन् भने समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुबेत रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग ६ सेप्टेम्बरमा खेल्नेछ भने ८ सेप्टेम्बरमा बंगलादेशसँग र १० सेप्टेम्बरमा यूएईसँग खेल्नेछ ।

दुवै समूहका विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् । टेस्ट राष्ट्रलाई पराजित गरी सेमिफाइनलमा पुग्ने लक्ष्यसहित नेपालले कडा अभ्यास गरिरहेको छ ।

प्रकाशित मिति: बिहिबार, भदौ ५, २०७६

ताजा अपडेट