खेल

पौडी खेलाडी सैयद हम्ज़को राष्ट्रिय किर्तिमान

काठमाडौ । चर्चित युबा पौडी खेलाडी सैयद हम्ज़ा शाह ले अन्तरास्ट्रिय पौडी महासंघ को आयोजनामा हंगेरीको बुडापेस्स्टमा संचालन भई रहेको सातौ फिना विश्व जुनिअर पौडी पतियोगीतामा २ वटा नया राष्ट्रिय किर्तिमान कायम गर्न सफल  हुनु भएको छ । । किर्तिमान कायम गर्न सफल हम्ज़ाले १०० मिटर बटर फ्लाई मा आनन्द लेप्चा ले सन् १९८९ मा बनाएको १ : ०३ : ४३ मिनेटको राष्ट्रिय किर्तिमानलाइ तोड्नु भएको छ ।

उन्ले १ : ०१ : २२ मिनेट ले तोड्दै आफ्नो नाममा सो कीर्तिमान राख्न सफल हुनु भएको हो । निकैनै प्रतिस्पर्धात्मक रहेको सो प्रतियोगितामा हम्जले उत्कृष्ट प्रदर्शन गर्नु भएको थियो ।  अम्जले ५० मिटर बटर फ्लाई २७ : ५५ सेकेन्ड मा पुरा गरि नया राष्ट्रिय किर्तिमान कायम गरेका छन्। सानै देखि पौडीका शौखिन उनी कडा मेहनत र परिश्रमले मात्र सफलता हासिल गर्न सकिन्छ भन्ने बिश्वास गर्छन् । नेपालको इज्जत राख्न सफल हुनु भएका अम्ज खेलको माध्यम द्वारा नेपाललाई चिनाउन पाएकोमा गर्ब गर्नु हुन्छ  । खेलले मानिस लाइ अनुशासित र स्वास्थ बनाउने उहा बताउनु हुन्छ ।

प्रकाशित मिति: आइतवार, भदौ ८, २०७६