खेल मुख्य समाचार

यू-१९ एसिया कप : टस जितेर श्रीलंकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

 २० भदौ २०७६

काठमाडौं : एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपालले टस जितेर पहिले श्रीलंकाविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको छ ।  खेल कोलम्बोस्थित आर. प्रेमादास क्रिकेट मैदान भइरहेको छ ।

नेपालको समूहमा आयोजक  श्रीलंका, बंगलादेश र यूएई छन्। भदौ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले समूह चरणको दोस्रो खेल भदौ २२ गते बंगलादेश र अन्तिम खेल यूएईसँग भदौ २४ गते खेल्नेछ। राउन्ड रोविन लिगका आधारमा खेलिने खेलमा समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।
अघिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा पुगेको थियो।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६