सुनकोशी न्युज, २०७६ भाद्र १९ १०ः३९ राती

सिन्धुली मरिण गाउँपालिका ७ का कृष्ण प्रकाश श्रेष्ठले मलेसिया बाट फर्किएर आफ्नै ठाउँमा ब्याबसाय सुरु गरेका छन । उनले भर्खरै मरिण गाउँपालिका -६ छाप मा युनिक कोल्डस्टोर एन्ड मिट सप्लायर्स खोलेर ब्याबसायको सुरुवात गरेका हुन । श्रेष्ठ भन्छन् – “बिदेशमा खर्चिने जति दु:ख र मेहनतले स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भन्ने विश्वासका साथ ब्याबसाय थालेको हु ।”

करीब एक वर्ष पहिले स्वदेश फर्किएका उनी शहरमै बस्ने कि गाउमै केही गर्ने भन्ने दोधारमा थिए उनी भन्छन गाउमै केही गर्छु भन्ने सोच आइरह्यो तेसैले गाउमै आएर कुखुरापालन, सुङुरपालन गर्न सुरु गरे त्यसको एक वर्षको अनुभब पनि भयो, उनले अनुभव सँगसङै समस्या पनि भोगे उत्पादन भएको कुखुरा बिक्री गर्न र बजार ब्यबस्थापनमा समस्या देखे कहिले काठमान्डौ पुर्‍याउनु पर्ने, डुवानी खर्च बाटोको समस्याका कारण पनि मर्ने भएपछी उनले मासु पसल सन्चालन गर्ने योजना बनाए ।

तस्बिर – उनले भर्खरै सन्चालनमा ल्याएको पसल

तेसैको फलस्वरुप अहिले करीब १८ लाख लगानिमा जग्गा भाडामा लिएर पसल तयार परेका उनले मरिण एरियामै एक ब्यबस्थीत मासुपसल सन्चालन गरेका छन । श्रेष्ठ थप्छन एक ब्यबस्थीत मासु पसलको

लागि चाहिले डीप फ्रिज, कुखुरा भुत्लौने मेसिन देखी लिएर सम्पूर्ण सामाग्रीहरु उपलब्ध छन, विवाह,ब्रतबन्ध,पार्टी देखी लिएर कुनै पनि शुभकार्यको लागि अर्डर अनुसारको होम डेलिभरी सुबिधा पनि रहेको जानकारी दिए । उनका अनुसार ग्राहकहरुले घरै बाट अर्डर गर्नुभयो भने ग्राहकले भने अनुसारकै अर्डर ३ किलोमिटर भित्र फ्री होम डेलिभरी सुबिधा रहेको पनि बताए । उनले पसल सँगसगै कुखुरापालनलाई पनि निरन्तरता दिरहेका छन । बोइलर र गिरिराज पालिरहेका उनले पसलमा भने कोइलर, लोकल, र खसीको मासु पनि बेच्ने गरेका छन । कुखुरापालन सम्बन्धी तालिमा लिएका श्रेष्ठले माग अनुसार कुखुराको चल्ला, दाना पनि उपलब्ध गराउने गरेका छन ।

हाल उनले कुखुरा पालनबाटै उनले राम्रो आम्दानी गरेका छन् । भन्छन सोचे जस्तो चाँही छैन तर स्वदेशमै केही गर्न सक्छु भनेर कुखुरापालन सङ्सगै यसमा लागिपरेको छु । परिवार, साथीभाई र गाउलेहरुले हौसला दिईरहनु भएको छ यसैमा सन्तुस्ट छु । धरान- चतरा- सिन्धुली- हेटौंडा सडक खण्डको मरिन क्षेत्र पिच हुने क्रममा छ त्यसपछी मरिण क्षेत्रको ब्यवसाय र उत्पादनले ठाउँलिने कुरामा विश्वस्त छु उनले थपे ।

श्रेष्ठको आफ्नै कुखुरा फार्म

बिदेसिन लागेका युवायुवती र गाउँलेसमेत हाल कुखुरा पालनमा लागेका छन् । बिदेसिनुको सट्टा कुखुरा पालन गरेर राम्रै कमाइ गरिरहेका युवायुवती हिजोआज गाउँपिच्छे भेटिन्छन् । बजारमा माग बढिरहेकाले युवावर्गले ब्रोइलर कुखुरा पालनलाई बलियो व्यवासाय बनाएको कृषि विकास कार्यालय सिन्धुलीका एक अधिकारी बताउँछन् । ‘ठूलो आम्दानी हुने देखेपछि कुखुरा पालनप्रति युवाको आकर्षण बढिरहेको देखिन्छ, उनले भने, ‘विदेशबाट फर्किएका गाउँका युवाहरु आजकल झनै सक्रिय भएका छन्’ । चार–पाँच महिनामै बिक्री गर्न सकिने भएकाले ब्रोइलर जातको कुखुरा पालनमा बढी आकर्षण देखिएको छ ।”

अहिले मरिणको गाउँनै पिच्छे विभिन्न जातका कुखुरापालन ब्यवसाय सन्चालनमा रहेका छन । यसक्षेत्रमा पालिएका कुखुरा नजिकैको विभिन्न बजारदेखि राजधानीसम्म लैजाने गरिएको छ । विशेष गरी गिरिराज, ब्रोइलर र टर्की जातका कुखुरा जिल्लाभर व्यवासायिक रूपमा पाल्न थालिएको छ । जिल्लाभर गाउँका लोकल कुखुराभन्दा ब्रोइलर, गिरिराज लगायतका जातका कुखुराले बजार लिन थालेको छ ।

(विदेशबाट फर्केर आफ्नै ठाँउमा कुखुरापालन तथा ब्याबसाय संचालन गरिरहेका कृष्ण प्रकाश श्रेष्ठ सँगको कुराकानीमा आधारित  )