काठमाडौं । कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा नेकपा (एमाले), नेपाली कांग्रेसका बागी उमेदवारले माओवादी केन्द्रलाई साथ दिने भएका छन् ।
मंसिर १६ गते हुन लागेकाे उपनिर्वाचनमा काठमाडौंकाे कीर्तिपुर नगरपालिकामा मेयरकाे उमेदवारमध्ये कसले जित्ने भन्ने चर्चा व्यापक बहस भैरहेका बेला माओवादी केन्द्रले बागी उमेद्वारी दिनेहरूको साथ पाउने भएका हुन् ।
यसअघि निर्वाचित नेपाली कांग्रेस र एमाले पार्टीका उमेदवारहरू र माओवादी केन्द्रका उमेदवारबीच मुख्य प्रतिस्पर्धा देखिएकाे भएतापनि माहाेल माओवादीकाे पक्षमा देखा परेकाे छ ।
माओवादी उमेदवार डा शिवशरण महर्जनसँग प्रतिस्पर्धा कांग्रेस उम्मेदवार कृष्णमान डंगोलको भए पनि कांग्रेसभित्रैवाट बागी उठेका कविर महर्जनसहित ४ जना स्वतन्त्र उम्मेदवारमा भोट बाँडिँदा उनको विगतमा पाएको मत ९ हजार ४३ मा झण्डै आधा घट्ने छ । विगतमा उनलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसले कीर्तिपुरमा उपमेयर जितेको छ) ले अहिले माओवादीलाई समर्थन गरेकाले कांग्रेसको २ हजार मत स्वतः घटने आँकलन गरिएको छ । त्यसबाहेक कांग्रेसका बागी उमेदवार कविकुमार महर्जन एक्लैले कांग्रेसको १ हजारभन्दा बढी मत काट्ने छन् । कांग्रेसले मेयर जित्दा पनि कुनै काम गर्न नसकेको जनताको गुनासो सुनिएकाले कांग्रेसले ५ हजार मत कटाउन नसक्ने बताइन्छ ।
विगतको चुनावमा ५ हजार ५ सय ७ मत ल्याएको एमालेले पार्टीभित्रका राजमान मानवसहित ३ जना वागी उम्मेदवार मैदानमा खडा हुनु, पार्टीभित्र तीब्र मतभेद हुनु र विगतमा एमाले अध्यक्ष ओलीविरुद्ध गाली गलौजमा उत्रिएका सुरेन्द्र मानन्धरले टिकट पाउनु जस्ता कारणले ४ हजार मत कटाउन हम्मेहम्मे पर्ने छ ।
विगतमा एमालेको राजनीतिमा रहेका राजमान मानवले स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेका कार्यकर्ताहरु नै उनको प्रचारमा खटेको देखिन्छ । स्थानीय सरकारको पहिलो निर्वाचनमा कीर्तिपुरमा मेयर जितेको एमालेले नगरपालिकामा बेथिति भित्र्याउँदा कीर्तिपुर धेरै पछि परेको छ ।
Add Comment