बागमती समाचार हेडलाईन न्युज

माओवादीले यस्तो बनायो उम्मेदवार सिफारिसकाे मापदण्ड

सुनकोसी न्युज
भदौ ३० गते बिहीबार, २०७९
काठमाडौं । नेकपा माओवादी केन्द्रका बागमती प्रदेशमा कार्यरत केन्द्रीय समिति सदस्य र प्रदेश पदाधिकारीको दोश्रो पूर्ण बैठक पेरिसडाँडामा बसेकाे छ। बैठकले संघ र प्रदेशको चुनाव २०७९ का लागि प्रदेशको तर्फबाट केन्द्रमा उम्मेदवार सिफारिसको आधार पारित गरेको छ । जस अनुसार समानुपातिक सिफारिसका आधार यस्तो छ :
क) एकपटक प्रदेश वा संघको समानुपातिक मार्फत निर्वाचित भइसकेकाहरुलाइ सिफारिस गरिने छैन ।
ख) कुनैपनि संघ र प्रदेश स्तरिय राजनीतिक नियुक्ति लिइरहेकाहरुलाई सिफारिस गरिने छैन ।
ग) एउटा परिवारभित्रबाट समानुपातिकका लागि एकजनाभन्दा वढी सिफारिस गरिने छैन ।
घ) गत स्थानिय चुनावमा सहभागि सबै उम्मेदवारलाई समानुपातिक सुचिमा समावेश गरिने छैन ।
ङ) प्रदेश समितिको पूर्ण बैठकले पारित गरेको जिल्ला तथा सम्पर्क र विशेष प्रदेशले गरेको सिफारिसका सुचिभन्दा बाहिरबाट सिफारिस गरिेने छैन ।
च) संभावित गठवन्धनलाइ हेरेर प्रत्यक्ष उम्मेदवार नहुने क्षेत्रलाइ प्राथमिकता दिइ समानुपातिक उम्मेदवार सिफारिस गरिनेछ ।
छ) प्रदेशको समानुपातिक वितरण गर्दा निम्न अनुसार संख्यामा बन्दसुचि समावेश गरिनेछ ।
– १ मात्रै प्रतिनिधिसभा भएको जिल्लामा – १ देखी २ सम्म
– २ मात्रै प्रतिनिधिसभा भएको जिल्लामा– २ देखी ४ सम्म
– ३ मात्रै प्रतिनिधिसभा भएको जिल्लामा– ३ देखी ५ सम्म
– ३ भन्दा माथी प्रतिनिधिसभा भएको जिल्लामा– ४ भन्दा अधिक
ज) वन्दसुचिको क्रम मिलाउदा हरेक जिल्लामा सकेसम्म कम्तिमा १ जना निर्वाचित हुनेगरी मिलाउनुपर्नेछ ।
प्रत्यक्ष सिफारिसका आधार :
– सिफारिस गर्दा पहिलो प्राथमिकता पार्टी प्रतिवद्धता, अनुशासन र संगठनात्मक लगाव भएका, चुनाव जित्ने संभावना सहित जनमतलाइ प्रभावित गर्न सक्ने लोकप्रियहरु मध्यबाट यसअघि निर्वाचित नभएकाहरुलाई दिनुपर्नेछ ।
– दोश्रो प्राथमिकता एकपटक निर्वाचित भइसकेहरु मध्यबाट अघिल्लो वुँदाको मापदण्डभित्र परेकालाई दिइनेछ ।
– तेश्रो प्राथमिकता एकपटक भन्दा वढी निर्वाचित भएकाहरुलाइ दिइनेछ ।

प्रकाशित मिति: बिहिबार, भदौ ३०, २०७९