समाचार

प्रधानमन्त्री ओलीसँग भारतीय विदेशमन्त्री एस जयशंकरको भेट

काठमाडौं– नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन आएका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

ढाका भ्रमणमा रहेका जयशंकर बुधवार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका थिए । विमानस्थलबाट सिधै उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

भेटवार्तामा नेपाल-भारत सम्बन्धलाई नयाँ उचाईमा लैजाने विषयमा कुरा भएको स्रतोले जानकारी दियो ।

भेटमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी लगायतको सहभागिता रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६