मुख्य समाचार सम्पादकीय

माओवादीलाई कमजोर बनाउन अर्थमन्त्रीमाथि प्रहार

सुनकोसी न्युज
असार २२, बुधबार, २०७९
काठमाडौं ।गभर्नरको असहयोग, ओलीको एकाेहाेराे प्रहार र केही व्यापारीको निहित स्वार्थको कुण्ठाका कारण सुरुदेखि नै अर्थमन्त्रीमाथि निरन्तर प्रहार गरिएको छ।
बजेटपछि रिटायर्ड कर्मचारीको सहयोगमा करको दर मिलाए भन्दै बिराेध गरे । अहिले बजेट दुबै सदनबाट बहुमतले पास भइसकेको छ। बजेटका सकारात्मक पक्षसँग अत्तालिएकाहरू बजेटको नभएर अर्थमन्त्रीको छाला काडिरहेका छन् । अन्नपूर्ण, कान्तिपुर र सेताेपाटि जस्ता प्रतिक्रियावादी एजेन्ट मिडियाले निरन्तर नभएको विषयलाई समेत बढाइचढाइ गरेर खेदिरहेका छन् । एमाले र कांग्रेसका गगन गुटले त्यसलाई मलजल गरिरहेकाे छ।
के तिसाैं वर्ष त्यही क्षेत्रमा काम गरेको व्यक्ति त्यसको विज्ञ हुनसक्दैन ?? के ingo काे झाेला बाेक्ने, सुट टाइ लगाउने मात्रै विज्ञ हुन्छ ?? अर्थमन्त्रीले सम्बन्धित विषयमा ज्ञान भएको जाेकसै नेपाली नागरिकसँग परामर्श लिन सक्छ। यदि कथित सुब्बासँग सल्लाह लिएका रहेछन् भने पनि के त्यो अपराध हाे त ??
आराेप लगाइएको जस्तो करको दरमा हेरफेर भएको भए त्यसले कसलाई कसरी असर भयो र कसलाई कहाँ कसरी फाइदा भयो भनेर स्पष्ट भन्नु पर्दैन?? कसैलाई कहीँ केही असर हाेइन, राष्ट्रिय अर्थतन्त्रको जग दराे हुने, उत्पादनमा जाेड दिने र निर्यात प्रवर्द्धन गर्ने बजेट अहिले जस्तो यसपूर्व कहिल्यै आएको थिएन । यसकारण सबैलाई टेन्सन भएको विषय यत्ति हाे। यसमा अर्थमन्त्रीलाई बिनाकारण बदनाम गर्नु माओवादीलाई ठेगान लगाउनु हाे भन्ने नियतबाट पनि यो हल्लाखल्ला मच्चाइएकाे छ।
र, कांग्रेसका सांसद विनोद चाैधरीका कर्मचारी भनिएका भुपु सुब्बा अर्थमन्त्रालय छिरेको भिडियो सार्वजनिक गर्नुपर्ने कुनै वाध्यकारी नियम छैन । अरुको प्राइवेट अनलाइन ह्याक गरेर जथाभावी लेख्ने सूर्यथापा र उसका मतियारलाई अहिलेसम्म कारबाही भएको छैन । गगन थापाले आफ्ना व्यापारी सांसद चाैधरीलाई बचाउन अर्थमन्त्रीमाथि नाजायज ढंगले राजिनामा माग्नु अनैतिक अभिव्यक्ति हाे, गैरजिम्मेवारी हाे। सत्य नबुझी आफ्ना नेतामाथि लगाइएको आराेपकाे पछिलाग्ने कार्यकर्ता सचेत हुन जरुरी छ। पार्टीका केही नेता एमालेसँग मिलेर अर्थमन्त्रीलाई बदनाम गर्ने काममा लागेको शंका पनि छ। यो जघन्य अपराध हाे। जसरी सभामुख कृष्णबहादुर महराको पद राजनीति समाप्त गरियो, अहिले शर्मालाई त्यसै गर्न खाेजिदैछ। किनकि दुबै घटना माओवादी आन्दोलनलाई धरासायी बनाउने स्वार्थसँग जाेडिएका छन् । यो घटनामा पार्टी र अर्थमन्त्रीले दराेसँग अडान लिएर सबै षड्यन्त्र परास्त गर्नुपर्छ। पार्टीका सबै सदस्यले यो लडाइँमा भाग लिएर अर्थमन्त्रीको सही कामकाे संरक्षण गर्नुपर्छ। यहाँ बुढी मरीभन्दा पनि काल पल्क्याे भन्ने चिन्ता छ।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९