मुख्य समाचार समाचार स्थानीय

घाेराहीमा स्थानीय सरकारबाट विद्यालय अनुगमन

सुनकोसी न्युज
साउन १८ गते २०७९  बुधबार
काठमाडौं । घोराही उपमहानगरको सामाजिक शाखाले आज माबी धर्नाको बिद्यालय लाग्ने समय बिहानै स्थलगत अनुगमन गरेको छ ।
बिद्यालय शिक्षकमा समयमै हाजिर भए/ नभएकोसंगै पढाईको गुणस्तर अनुगमन गर्ने उदेश्यले यो अभियान सुरु गरिएको उपमहानगरका सामाजिक शाखा संयोजक, घोराही उपमहानगरका प्रबक्ता राममणि पाण्डेले बताउनु भयो । संयोजक पाण्डेको नेतृत्वमा सामाजिक शाखा अधिकृत नारायण पौडेल, शेरबहादुर बिष्टसहित पत्रकारको टाेलिले बिद्यालयको अनुगमन गरेको हो । अनुगमनका क्रममा बिद्यालयका केही शिक्षक शिक्षिकाहरुले बिद्यालय पोशाक नलगाएको पाईएकाले भोलीदेखि नियमितरुपमा पोशाक लगाउन निर्देशन दिइएको शाखा अधिकृत नारायण पौडेलले बताउनु भयो । अनुगमन टाेलिले बिद्यालयका समस्या, बिषयगत शिक्षकको अभाब, स्यानेटेरि प्याडको ब्यबस्थापन,सरसफाई, छात्रवृत्ति बितरण, खाजा कार्यक्रम,पारदर्शिरुपमा लागु भए नभएको बारेमा विद्यालयका प्रधानाध्यापक, शिक्षकसंग जिज्ञासा राखेको थियो । यसपाली पहुँचको आधारमा भन्दा पनि अनुगमनपछि बिद्यालय र बिद्यार्थीको आबश्यक्ताका आधारमा योजना बनाएर कार्यक्रम प्रदान गरिने संयोजक पाण्डेले बताउनु भयो । प्रबिधीमैत्री, प्रतीष्पर्धा गर्ने जनशक्ति उत्पादनमा ध्यान दिन उहाले बिद्यालयलाई आग्रह गर्नु भयो ।

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९