अर्थ/विजनेस मुख्य समाचार

लाेकहित डेन्टलमा प्रभुका ग्राहकलाई आकर्षक छुट दिने सम्झौता

सुनकोसी न्युज
साउन २५ गते बुधबार, २०७९
काठमाडौं । प्रभु बैंक लिमिटेड र त्रिशूली लोकहित डेन्टल हस्पिटल प्रा. लि. बीच विभिन्न सेवाहरूमा आकर्षक छुट गर्ने सम्झौता भएको छ।
बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र त्रिशुली लोकहित डेन्टल हस्पिटल प्रा .लि का तर्फबाट अध्यक्ष डा.गणेश साहले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
प्रभु बैंक र उक्त  प्रा .लि बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले लोकहित डेन्टल हस्पिटल प्रा .लिद्धारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । यद्यपि बिल रकम रु ५०० भन्दा कम भएमा छुट प्रदान नहुने जानकारी गराइएकाे छ।
सम्झौता अन्तर्गत लोकहित डेन्टल हस्पिटल प्रा .लि. मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, लोकहित डेन्टल हस्पिटल प्रा .लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछन्।

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९