समाचार हेडलाईन न्युज

अघिल्लो सरकारले ल्याएको APP खारेज

सुनकोसी न्यज
असार ७, २०७९ मंगलबार ।
काठमाडौं । सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (spp) अस्वीकार गर्ने भएको छ । केपी ओली नेतृत्वको सरकारले सम्पूर्ण प्रक्रिया अघि बढाएर सहमति भैसकेको र कार्यान्वयनको चरणमा रहेको spp सम्झौता सरकारले कार्यान्वयन नगर्ने निर्णय गरेको हाे।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

नेपाली सेनाका तत्कालीन सेनापति राजेन्द्र क्षत्रीले सन् २०१५ र सन् २०१७ मा अमेरिकी दूतावासमा पत्र लेखी एसपीपीमा सहभागी गराउन अनुरोध गरेको थियो ।

सेनाको अनुरोध सन् २०१९ मा स्वीकार भएको काठमाडौंस्थित अमेरिकी दूतावासले उल्लेख गरेको थियो ।

एसपीपी प्रकरणले नेपालका राजनीतिक नेतृत्वको विश्वसनीयता घटाएको र सेनाको साखमा पनि क्षति पुर्‍याएको टिप्पणी भइरहेको छ ।

प्रकाशित मिति: मङ्लबार, असार ७, २०७९