विज्ञान समाचार हेडलाईन न्युज

प्रदेश -१ मा सुरक्षित इन्टरनेट प्रयोग बारे प्राधिकरणकाे गाेष्ठी

सुनकोसी न्युज
असार ५ गते २०७९, मंगलबार ।
विराटनगर । नेपाल दूरसञ्चार प्राधिकरणले प्रदेश एकका प्रदेशसभा सदस्यहरुलाई सुरक्षितरुमा इन्टरनेट तथा सामाजिक सञ्जाल संचालन सम्बन्धी चेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।

इम्पावर ट्रेडिङ्ग प्रा.लि. को संयोजनमा आइतवार विराटनगरमा आयोजित उक्त कार्यक्रममा सांसदलाई सुरक्षित रुपमा इन्टरनेट र सामाजिक सञ्जाल कसरी प्रयोग गर्ने भन्नेबारे जानकारी दिइएको थियो ।

सो अवसरमा प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईले इन्टरनेट र सामाजिक सञ्जाल सुरक्षित ढङ्गले चलाउन नजान्दा धेरै क्षति भोग्नुपरेको उल्लेख गर्दै गोपनीयता चोरी हुनेभएकाले तालिम उपयोगी भएको बताउनुभयो ।

मुख्यमन्त्री राईले नेपाल सरकरले “डिजिटल नेपाल” को अवधारणालाई कार्यान्बयन गर्दै स्तरिय मानव जीवन यापनको आवश्यक पर्ने हरेक सेवाहरु सूचना प्रविधिको मध्यमबाट उपलब्ध गराउने र देशलाई समृद्धि तर्फ लाने कार्यहरुको थालनी गरिसकेको जानकारी दिनुभयो ।

त्यस्तै  नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रायले साइबर सुरक्षाको विषयलाई बेवास्ता गरेर बस्न सकिने अवस्था नभएको जानकरी दिदै अन्य देशमा र अन्य संस्थाहरुमा घटीसकेका घटनाहरुबाट पाठ सिकेर आफु र आफ्नो प्रणालीलाई सुरक्षित राख्नु आवश्यक रहेको बताउँनु भयो ।

साथै निर्देशक रायले बढ्दो साइबर थ्रेट र चुनौतीलाई ख्याल गरेर सबै प्रदेशसभा सदस्यलाई सुरक्षित तरिकाले इन्टरनेट र सामाजिक सञ्चालन चलाउने तरिका सिकाउन थालेको जानकारी दिनुभयो ।

तालिम संयोजक एवं इम्पावर ट्रेडिङ प्रालिका निर्देशक शम्भु पहाडीले सामााजिक संजालले प्रयोग कर्तालाई लत लगाएकोले प्रयोग सँगै सुरक्षित पनि हुन जरुरीछ भन्दै दूरसञ्चार तथा सूचना प्रविधिको विकास र चुनौतीलाई मध्यनजर गर्दै सामाजिक संजलमा हुने साईवर अपराधबाट कसरी सुरक्षित हुन सक्छि भनेर जानकारी दिने  उदेश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

तालिममा प्रशिक्षक ऋषिराम गौतमले सहभागी प्रदेशसभा सदस्यलाई आफ्नो फेसबुक, ट्वीटर र अन्य पेजहरु मोबाइल तथा कम्प्युटरमा कसरी सुरक्षित ढङ्गले प्रयोग गर्ने भन्ने विधिबारे सिकाउनुभएको थियो ।

प्रकाशित मिति: आइतवार, असार ५, २०७९