सम्पादकीय हेडलाईन न्युज

पाँचवटा पत्रकार संगठनले गरे गठबन्धनलाई जिताउन अपिल

सुनकोसी न्युज
२०७९ वैशाख २५ गते आइतबार ।
काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध राजनीतिक दल संवद्ध पत्रकाररुको पाँच वटा संगठनले वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न आम मतदातासँग अपिल गरेको छ ।

नेपाल प्रेस यूनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, प्रेस मञ्च नेपाल र प्रगतिशील पत्रकार संघले संयुक्त विज्ञप्ति जारी गर्दै वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न अपिल गरेको हो ।

पाँच संगठनद्धारा जारी विज्ञप्तिमा भनिएकोछ– ‘संविधान, लोकतन्त्र र परिवर्तनका पक्षधर हुनुको नाताले देशमा राष्ट्रिय एकता कायम गर्न, संविधानको रक्षा गर्न, परिवर्तनका एजेण्डालाई संस्थागत गर्न, पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्न र कानूनी राज्यको पालना गरी लोकतन्त्रको वास्तविक अभ्यास गर्नका लागि आफ्नो स्वतन्त्र विवेक प्रयोग गरी वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न आम नेपाली मतदाता महानुभावहरुमा हार्दिक अपिल गर्दछौं ।’

विज्ञप्तिमार्फत पाँच पत्रकार संगठकनले स्थानीय तह निर्वाचनमा मुख्य त संविधान र व्यवस्थाको रक्षा गर्ने र व्यवस्था नै मास्ने प्रवृतिबीच प्रतिस्पर्धा रहेको समेत उल्लेख छ ।

संविधानको रक्षाको पक्षमा वाम–लोकतान्त्रिक गठबन्धन रहेको र प्रतिगमनको नेतृत्व गर्ने नेकपा एमालेले गरिरहेको उल्लखे गर्दै प्रतिगमन पक्षधरले निर्वाचन जिते व्यवस्था नै खतरामा पर्ने जारी विज्ञप्तिमा भनिएको छ ।

पाँच पत्रकार संगठनद्वारा जारी विज्ञप्तिमा केपी ओली नेतृत्वको एमालेले प्रेस स्वतन्त्रता कुण्ठीत गर्ने गरी विधेयक ल्याएको तथा स्थानीय तहलाई अधिकार दिन अस्वीकार गरेको, भ्रष्टाचारलाई संरक्षण गरेको कुरा दिनको घामझैं छर्लङ्ग रहेको समेत उल्लेख छ ।

प्रकाशित मिति: आइतवार, बैशाख २५, २०७९