समाचार स्थानीय हेडलाईन न्युज

गठबन्धनका कार्यकर्तामाथि एमालेकाे आक्रमण, गाउँलेले गरे प्रतिकार

सुनकोसी न्युज
सिन्धुली, फिक्कल ।  फिक्कल गाउँ पालिका वडा नम्बर  ३ खुरहरिमा गठबन्धनका कार्यकर्तामाथि एमालेका उदण्ड नेताहरूले आक्रमण गरेका छन् ।

एमालेबाट पालिका अध्यक्षमा उम्मेदवारी दिएकी पार्वती सुनुवारकाे नेतृत्वमा गएको समूहले गठबन्धनका स्थानीयलाई मरणासन्न हुनेगरी आक्रमण गरेका हुन्।

हिजो वैशाख २८ गते राति  दुई पक्षका कार्यकर्ता बाटो हिडिरहेका बेला भएको सामान्य विवादलाई निहुँ बनाएर
एमालेका अध्यक्ष उम्मेदवार पार्वती सुनुवार, उपाध्यक्ष राजु बराल, वडा अध्यक्ष उम्मेदवार टेक  रजन, पार्टी अध्यक्ष धिरज रजन लगायत बाहिरबाट भाडामा ल्याइएका ५०/६० जना गुण्डाले अचानक सांघातिक आक्रमण गरेकाे स्थानीय लाेकेन्द्र कार्कीले जानकारी दिए ।  गठबन्धनका उम्मेदवारले चुनाव जित्ने अवस्था देखेपछि सुनुवारले निहुँ खाेजेर बाहिरबाट भाडाका गुण्डा लगेर गठबन्धनका मानिसहरू माथि हमला गरेको कार्कीले बताए ।

घटनामा घाइते हुनेहरूमा साेमनाथ अधिकारी, घनश्याम पहाडी, राजन परियार, प्रकाश मुग्देल, नवराज अधिकारी र  साने भनिने लगायत गाउँले गम्भीर घाइते रहेको प्रहरीले जानकारी दिएको छ ।

२८ गते साँझ सुरु भएको झडपको बारेमा तत्कालै प्रहरीलाई जानकारी दिदा पनि २९ गते दिउँसो मात्रै घटनास्थल पुग्नुले कतै घटनामा प्रहरीकाे पनि अघाेसित संलग्नता त छैन भनेर स्थानीयले आशंका व्यक्त गरेको कांग्रेस नेता ध्रुव पहाडीले चिन्ता व्यक्त गरे।

घरघरमा छिरेर गठबन्धनका कार्यकर्तालाई आक्रमण गरिरहेका पार्वती लगायतका गुण्डालाई प्रहरीले समेत केही नगरेपछि आक्राेशित स्थानीयले पार्वती, धिरज लगायत उनको टिमलाई प्रतिकार गरेको र भगाउन सफल भएको गठबन्धनका एक नेताले जानकारी दिएका छन् । अहिलेसम्म प्रहरीले कुनै आक्रमणकारीलाई समातेको छैन । गाउँलेकाे कुटाइ खाएपछि बल्ल उनीहरू भागेर ज्यान जाेगाउन सफल भएको उनलेे बताए ।

पराजित मानसिकताका कारण एमाले अत्तालिएकाे फिक्कल कांग्रेस र माओवादी केन्द्रका नेताले बताए ।

प्रकाशित मिति: बिहिबार, बैशाख २९, २०७९