समाचार स्थानीय हेडलाईन न्युज

सिन्धुलीमा दुई प्रमुख, दुई उपप्रमुख र एक वडाध्यक्ष महिला निर्वाचित

सुनकोसी न्युज
सिन्धुली । सिन्धुलीका ९ वटा पालिकामध्य दुईवटामा महिला प्रमुख पदमा निर्वाचित भएका छन् भने दुईवटामा उपप्रमुख निर्वाचित भएका छन् ।

सुनकोसी गाउँपालिकामा एमालेका राेमन गिरिलाई हराउँदै नेकपा माओवादी केन्द्रकि दिपा बाेहरा दाहाल अध्यक्ष पदमा निर्वाचित भएकी छिन्। उनी निवर्तमान अध्यक्ष पनि हुन्। त्यसबेला कांग्रेस र एमाले दुबैसँग प्रतिस्पर्धा गरेकी थिइन् । यसपटक माओवादी केन्द्र र कांग्रेसबीच तालमेल थियो । उपाध्यक्षमा कांग्रेसका कपिल काेइराला विजयी भए ।

त्यसैगरी फिक्कल गाउँपालिकामा गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेकी पार्वती सुनुवारले अध्यक्ष पदमा बाजि मारेकी छिन्। उनलेे कांग्रेसका नृपबहादुर भुजेललाई हराएकी हुन्। यसअघि उनी उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । अहिले उपाध्यक्षमा एमालेकै राजु बरालले जितेका छन् । उनलेे माओवादी केन्द्रका लाेकेन्द्र कार्कीलाई हराएका हुन्।

मरिण गाउँपालिकामा अध्यक्ष माओवादीका प्रख्यात माेक्तानले जिते भने उपाध्यक्षमा कांग्रेसकि विमला माझीले जितिन्। यसअघि माओवादीबाट उपाध्यक्ष जितेकी संगिता माझीले सुरुमा टिकट नपाएको झाेकमा एमाले प्रवेश गरि उपाध्यक्षमा उम्मेदवारी दिए पनि पछि फिर्ता गरि गठबन्धनका उम्मेदवारलाई सघाएकी थिइन् ।

कमलामाई नगरपालिकामा मेयर कांग्रेसका जिल्ला सभापति उपेन्द्र पाेखरेलले जिते भने उपमेयर एमालेकी मञ्जु देवकोटाले जितिन्। उनी निवर्तमान उपमेयर पनि हुन्। देवकोटाले माओवादी केन्द्रका केन्द्रीय सदस्य दीर्घराज श्रेष्ठलाई पराजित गरेकी हुन्।उनी ऋषिराज देवकोटा आजादकी भाइबुहारी हुन्।

यसरी जिल्लामा रहेका ९ पालिकामध्य ४ वटामा महिलाको नेतृत्व विजयी भएको छ। जसमा दुईवटा प्रमुख पद रहेको छ। दुधाैली नगरपालिकामा एक माझी महिलाले वडा अध्यक्ष जितेकी छिन् ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ६, २०७९