समाचार स्थानीय हेडलाईन न्युज

बुढानिलकण्ठ -१० मा माओवादीप्रति बढ्दो जनलहर, कांग्रेस एमाले रक्षात्मक

सुनकोसी न्युज
मिति :  २०७९ वैशाख २३ गते शुक्रबार ।
काठमाडौं । बुढानिलकण्ठ वडा नं १० माओवादीमय भएको छ। गत स्थानीय चुनावमा एमालेले जितेको बुढानिलकण्ठ १० मा यो स्थानीय चुनावमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको स्थानीयबासी बताउँछन् ।

मेयर र वडा अध्यक्ष सबै एमालेले जितेको र सांसद कांग्रेसले जितेको ठाउँ भए पनि कसैले विकास र जनताको लागि केही काम नगरेको घरदैलोमा जाँदा जनताले गुनासो गर्ने गरेको माओवादीका १० नम्बर वडामा अध्यक्षका उम्मेदवार शिव प्रसाद बजगाईं बताउँछन् ।

ओली सरकारले गरेको संसद बिघटन र प्रतिगमनकाे बिरुद्ध उहाँका जनताले राम्रो साथ दिएका र चुनावी घरदैलोमा जनताले माओवादीलाई नै जिताउने अठोट गरेको घटनाले पनि याे वडामा माओवादी उम्मेदवारीको जित लगभग सुनिश्चित रहेको एक स्थानीय कांग्रेस नताले बताए । कांग्रेसले भरखर अध्यापन पेसा छाडेका शिक्षकलाई टिकट दिएर पुराना काम गरिरहेका नेतालाई तिरस्कार गरेका कारण धेरै कांग्रेसले उनलाई भाेट नदिने सम्भावना रहेको पनि उनलेे चिन्ता ब्यक्त गरे ।

एमालेका पहिला जितेकै उम्मेदवार नवराज भट्टराईलाई फेरि टिकट दिइएको छ जसबाट उनीहरू भित्रै असन्तुष्टि छाएको छ। नवराज स्वयम् पनि दाेहाेराएर चुनाव नउठ्ने मनस्थितिमा रहेको उनलेे बताएका थिए । एमालेका बुढानिलकण्ठ मेयरका उम्मेदवार मिठाराम अधिकारी र नवराज १० नम्बरमा सँगै भाेट माग्न समेत निस्किएका छैनन् । यसले उनीहरूमा यसपालि चुनाव जित्ने आत्मविश्वास हराइसकेकाे एमालेकै एक स्थानीय नेताले बताए । यहाँ समाजवादीकाे खासै गणना हुनेगरेकाे छैन ।

कपन मिलनचाेक निवासी माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार शिव प्रसाद बजगाईं कपन मिलनचाेकका स्थानीय बासिन्दा हुन्। जनयुद्धकालदेखि माओवादी आन्दोलनमा प्रत्यक्ष जाेडिएर राजनीति गरेका बजगाईले २०५४ सालको स्थानीय चुनावमा गाविस अध्यक्ष जितेका थिए । माओवादी केन्द्रमा महाधिवेशन आयाेजक समितिका सदस्य रहिसकेका उनी अहिले बुढानिलकण्ठ नगर कमिटिका बरिस्ठ उपाध्यक्ष पनि हुन्।

सामाजिक काममा जहिल्यै अग्रसर हुने बजगाई जनताको हरेक समस्यामा दाैडेर जस्तोसुकै सहयोग गर्न पुग्ने गरेका छन् । यसरी सहयोग गर्दा काे कुन पार्टीको हाे भनेर कहिल्यै भेदभाव नगर्ने स्थानीयले बताउँछन् । उनको यही सामाजिक व्यक्तित्वको कारणले पनि प्रतिस्पर्धीहरूकाे हाेस् हवास उडेको पार्टीका वडा कमिटि अध्यक्ष माधव न्याैपाने बताउछन्।

शिव यसअघि बालउद्वार नमुना माध्यमिक विद्यालयकाे अध्यक्ष भइ काम गर्दा एकतले जीर्ण भवन थियोे । करोडौं बजेट व्यवस्था गरेर अहिले स्कुललाई भाैतिक स्राेतसाधन सम्पन्न बनाउन उनको भूमिका अद्वितीय रहेको स्कुलले अहिले पनि सम्झने गरेको साेही स्कुलमा प्रावि हेडमास्टर रहेका अहिका कांग्रेस वडा अध्यक्ष उम्मेदवार डाेरप्रसाद आचार्यले नै बताउने गरेका छन् ।

कपनमा रहेको महत्त्वपूर्ण धार्मिक स्थल सिद्धेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको अध्यक्ष भएर काम गर्दा किरियापुत्री भवन निर्माण गर्ने देखि मन्दिरकाे व्यवस्थापनलाई एउटा प्रशासनिक संरचना र प्रणालीमा संचालन गर्ने विधि सुरुवात भएको छ।

यसरी स्थापित सामाजिक व्यक्तित्व भएका कारण उनको उम्मेदवारीबाटै विपक्षी उम्मेदवारीको साताे गएको थियोे । घरदैलो र प्रचारप्रसारमा देखिएको जनउत्साहले माओवादी पंक्तिमा थप उत्साह थपेको छ भने विपक्षमा काेलाहल मच्चिएको स्वतन्त्र मतदान नै बताउन थालेका छन् ।

काठमाडौंमा माओवादी केन्द्रले जित्ने वडाहरूमा बुढानिलकण्ठ – १० पनि पक्कापक्की भएको बुद्धिजीवी तथा ज्यष्ठ नागरिक माधव आचार्य बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, बैशाख २३, २०७९