Uncategorized समाचार स्थानीय हेडलाईन न्युज

महानगर-१ मा युवा उम्मेदवार साैरभ : आकर्षणकाे केन्द्रमा

सुनकोसी न्युज
मिति २०७९ वैशाख २२ गते बुधबार ।
काठमाडौं । काठमाडौं महानगर पालिका वडा नं १ काे चुनावी माहोल यसपटक बदलिएको वडावासीले बताउन थालेका छन् । वडाको चुनावी माहोल बदलिनुमा यहाँ त्यस्तो अचम्मै चमत्कार त भएको छैन, तर  स्थानीय जुझारु समाजसेवी युवा उम्मेदवार साैरभ दवाडीकाे इन्ट्रीले यो माहोल बनेको हाे। वडामा जुझारु तथा सशक्त युवाले स्थानीय सत्ताको नेतृत्व लिन अग्रसर भएको देखेर यहाँका सबै मतदाताले उनलाई भाेट हालेर जिताउने अठोट लिएको स्थानीयहरू बताउन थालेका छन् । दवाडी नेकपा माओवादी केन्द्रबाट वडा सदस्य पदमा चुनावी मैदानमा खडा भएका हुन्।

माओवादी केन्द्रले कामनपा -१ मा अध्यक्ष पदमा स्थानीय युवा अर्जुन महर्जनललाई उम्मेदवार बनाएको छ भने सदस्य पदमा साैरभ दवाडी र रेखा महर्जन बस्नेतलाई उठाएको छ। विकास, परिवर्तन र सुशासनको वाहक शक्तिका प्रतिनिधि स्थानीय युवा उम्मेदवार भएकोले यसपटक वडामा साैरभकाे टिमले जित हासिल गर्ने निश्चित देखिन्छ ।

यसअघि एमालेबाट वडा अध्यक्ष जितेका प्रतिनिधिले भ्रष्टाचारको कीर्तिमान खडा गरेकोले उनीसँग जनता रुष्ट छन् । उनलेे वडाको बजेट दुरुपयोग गरेर आफ्नो रथ यात्रा गराएका थिए । वडाको विकास बजेट दुरुपयोग गरेको, विकासका काम ठप्प पारेको, जनताको काम नगरेकाे, काेराेनाकाे महामारीमा खाेप र राहतमा पार्टीका मान्छेलाई प्राथमिकता दिएको लगायतका आराेप जनताले हालका अध्यक्षमाथि लगाएका छन् । यसकारण पनि एमालेबाट वडा अध्यक्ष जितेका वर्तमान अध्यक्षले जित्ने सम्भावना देखिदैन ।

नेपाली कांग्रेसका किरण श्रेष्ठले टिकट पाएपछि असन्तुष्ट बनेको अर्को पक्षले कांग्रेसका उम्मेदवारलाई भाेट हाल्ने सम्भावना नरहेकाले माओवादी केन्द्रका उम्मेदवारले यसपटक बाजि मार्ने निश्चित भएको अध्यक्षका उम्मेदवार महर्जनले बताए ।
खेलकुद मैदान, कभर्डहल, चिल्ड्रेन पार्क, ज्येष्ठ नागरिक पार्क लगायत निर्माण गर्नेदेखि युवालाई सीप तथा पर्सनालिटि विकासका तालिम संचालनसम्मका योजना साैरभकाे टिमले प्रस्तुत गरेको छ। भ्रष्टाचार, महंगी र कालाबजारी नियन्त्रण पनि उनको प्रतिवद्धता पत्रमा रहेको देखिन्छ ।

शहरको माैलिक कला, संस्कृति, भेषभुषा, भाषा, सम्पदा लगायतको संरक्षण गर्ने, सांस्कृतिक शहर निर्माण गर्ने, हरित शहर बनाउने, युवालाई स्वराेजगार बनाउने, उद्यमशील बनाउने,  युवालाई नेतृत्वमा विकास गर्ने लगायत प्रतिवद्धता पनि जाहेर गरिएको छ।

काठमाडौंको मुटु, नारायणहिटी दरबारको छेउमा जन्मेको, सयौं वर्षदेखि, पुस्ताैंदेखि त्यहीँ बसाेबास गरेको सम्भ्रान्त व्राह्मण परिवारकाे पढेलेखेकाे सशक्त जुझारु समाजसेवी युवा वडाको चुनावमा खडा हुनुलाई बहुआयामिक ढंगले अर्थ्याइएकाे छ। विश्वभाषा क्याम्पसमा स्नातकस्तरको पढाइ संचालनमा ल्याउन सफल विद्यार्थी नेता  तथा काेराेना महामारीको समयमा दिलाेज्यानले जनताको सेवामा दिनरात खटिएको देखेका जनताले स्थानीय सरकारकाे नेतृत्वमा साैरभ जस्तो युवालाई चुन्नु स्वभाविक हाे। काठमाडौंमा साैरभ जस्ता युवाको राजनीतिमा प्रवेश हुनु, त्यो पनि परिवर्तनको नेतृत्व गरेको र राष्ट्रिय समृद्धिकाे अभिभारा बाेकेकाे पार्टीको उम्मेदवारीको रुपमा देखापर्नुले काठमाडौंले परिवर्तनलाई आत्मसात गरेको देखिन्छ । साैरभकाे जितले युवालाई राजनीति प्रतिकाे सकारात्मक बुझाइ विकासमा प्रेरणा मिल्नेछ ।

प्रकाशित मिति: बिहिबार, बैशाख २२, २०७९