मुख्य समाचार समाचार हेडलाईन न्युज

ठेक्कापट्टामा संलग्न रहेका व्यक्ति उम्मेदवार हुन नपाउने

सुनकोशी न्युज
२०७८ चैत १६ गते बुधवार
काठमाडौँ – स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्ति उम्मेदवार हुनबाट बञ्चित हुने भएका छन् ।

स्थानीय तहको चुनावमा उम्मेदवारी दिँदा उम्मेदवारले १९ बुँदे स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगको आज बुधवार बसेको बैठकले स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गर्दै उम्मेदवारले १९ बुँदे स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको हो ।

बैठकपछि आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र साथ पेस गर्नुपर्ने स्वघोषणाका बुँदाहरुसमेत सार्वजनिक गरेको छ ।

निर्देशिकाअनुसार उम्मेदवारले आफू कुनै पनि ठेक्कपट्टामा नरहेकोदेखि सरकारी सेवा सुविधा नलिएकोसमेतका स्वघोषणा गर्नुपर्नेछ ।

प्रकाशित मिति: बुधबार, चैत्र १६, २०७८