बागमती मुख्य समाचार समाचार स्थानीय हेडलाईन न्युज

फिक्कल गाउँपालिकामा भ्यू टावरको लागि लागत भन्दा बढीको बिल भुक्तानी

सुनकोशी न्युज
२०७८ चैत १६ गते बुधवार

सिन्धुली जिल्ला फिक्कल गाउँपालिका स्थित फिक्कल डाँडामा भ्यू टावर निर्माण गर्दा फिक्कल गाउँपालीकाले लागतभन्दा ८,७१,६,१५ (आठलाख एकहत्तर हजार छ सय पन्ध्र) बढीको बिल भुक्तानी गरेको छ ।

भ्यू टावर निर्माणको लागि आर्थिक बर्ष २०७५÷७६ मा रु. ४४,२३,७,८३ (चवालीस लाख तेईस हजार सात सय तिरासी) लागत अनुमान तयार गरी उक्त कार्य उपभोक्ता समिति मार्फत्गराउन गाउँपालिकाबाट रु. ४० लाख व्यहोर्ने सम्झौता भएको थियो ।

तर निर्माण सामग्रीको नापी किताब तथा प्राविधिक बिलमा चढाएको परिमाण र उपभोक्ता समितिले पेश गरेको सामग्रीको बिल, बीजक अनुसारको परिमाणमा अस्वाभाविक भिन्नता देखिएको छ ।

प्राविधिक बिलमा चढाएको परिणाम भन्दा गाउँपालीकामा पेश गरिएको विल को परिमाण ईंटा र फलामे डण्डीमा कम देखिएको भएतापनि गाउँपालीकाले लागत भन्दा बढी को बिल भुक्तानी गरेको पाईएको छ ।

महालेखापरीक्षकको कार्यालयले लागत भन्दा बढीको उक्त भुक्तानीलाई असुउपर गर्न भनी जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत्र १६, २०७८