स्थानीय हेडलाईन न्युज

महानगर प्रहरी प्रमुख निलम्बित, जाेशीलाई जिम्मेवारी

सुनकोसी न्युज
जेठ २०,बुधबार,२०८२
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका विश्वासपात्र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । मंगलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।
यसअघि गुरागाईँलाई अदालतले हाजिर गर्न दिएको आदेशबिपरित पाण्डेले गुरागाईँलाई महानगरमा हाजिर हुनबाट राेक्ने प्रयास गरेका थिए । यसाे गर्दा उनले आफूले मेयरकाे आदेश पालना गरेको बताएका थिए भने उपमेयर सुनिता ढंगाेलले गरागाईँलाई बलपूर्वक हाजिरी गराएकी थिइन् ।
कार्यभार सम्हाले लगत्तै गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको बताइएकाे छ ।
पाण्डेलाई निलम्बन गरेका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नगर प्रहरी उपरीक्षक विष्णु जोशीलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका छन् ।

पाण्डेलाई निलम्बन गरेको बोधार्थ गुरागाईंले मेयर बालेन साह र उपमेयर सुनिता डंगोललाई बुझाएका छन् ।

उनले घटनाको जाँचबुझ गर्न समिति पनि बनाएका छन् । जुन समितिले प्रतिवेदन नबुझाएसम्म निलम्बनमा रहने कुरा पाण्डेलाई थमाइएको पत्रमा उल्लेख छ ।

निलम्बनको पत्रमा भनिएको छ- २०८१ चैत २१ गते महानगरपालिका कार्यालयमा घटेको अवाञ्छित एवं गैरकानूनी हुलहुज्जत र हातपात युक्त घटना तपाईँको प्रत्यक्ष संलग्नता र अगुवाइमा घटेको पाइएको र सो अभियोगमा तपाईँलाई ७ बुँदे स्पष्टीकरण सोधिएकोमा स्पष्टिकरण चित्तबुझ्दो र विश्वासयोग्य नभएको हुँदा सो घटना समबन्धमा विस्तृत जाँचबुझ गराई सत्यतथ्य पत्ता लगाउन महानगर प्रहरी ऐनको दफा २१ को उपदफा ४ बमोजिम एक जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको छु ।

गत चैत २१ मा प्रमुख प्रशासकीय अधिकृत गुरागाईं महानगर प्रवेश गर्न खोज्दा नगर प्रहरीले अवरोध गरेको थियो । जसको नेतृत्व स्वयं प्रहरी प्रमुख पाण्डले गरेका थिए ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २१, २०८२

 

 

ताजा अपडेट