बागमती समाचार स्थानीय

फिक्कल गाउँपालीकाबाट ऐन विपरित १०,८२,३,०५ रुपौंयाँ बैठक भत्ता बितरण

सुनकोशी न्युज
२०७८ चैत १८ गते शुक्रवार

सिन्धुली — यस जिल्लाको फिक्कल गाउँपालीकाले नियम बिपरित बिभिन्न समितिलाई १०,८२,३,०५ (दश लाख बयासी हजार तिनसय पाँच रुपैंयाँ) बैठक भत्ता बितरण गरेको पाईएकोछ ।

प्रदेश सरकारले जारी गरेको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्वन्धी ऐन, २०७५ मा वैठक भत्ता भुक्तानी गर्दा विधायन समिति, लेखा समिति, सुशासन समिति र न्यायिक समितिका सदस्यलाई मात्र वार्षिक १२ वटा सम्मको वैठक भत्ता भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

तर गाउँपालीकाले भुक्तानी नै गर्न नमिल्ने बिषयगत समिति, पदपूर्ति समिति, नागरिक वडापत्र तयारी, सामाजिक समिति, क्षमता अभिबृद्धि तालिम सचिवहरु, घरभाडा निर्धारण समिति, गाउँसभा बैठकहरु र राजस्व सुधार कार्ययोजना जास्ता बैकको नाउमा उक्त गरम बितरण गरेको हो ।

यसरी मनपरी भत्ता लिएको कानून सम्बत नदेखिएकोले महालेखापरीक्षकको कार्यालयले उक्त रकम असूल गर्नुपर्ने भनि जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत्र १८, २०७८