शिक्षा/स्वास्थ्य समाचार

नारी दिवसको अवसरमा अल्का अस्पतालले महिलाहरुको उपचारमा छुट दिने भएको छ

सुनकोशीन्यूज
२०७८/११/२२ गते आइतबार

काठमाण्डौ । विश्व नारी दिवसको अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले महिलाहरुलाई उपचारमा छुट प्याकेज सार्वजनिक गरेको छ। अस्पतालले स्त्री रोग तथा प्रसुति सेवामा ओपिडीमा २० प्रतिशत, ल्यनव टेष्टमा २० प्रतिशत, शल्यक्रिया, आइभिएफ र आइयुआइमा १० प्रतिशत छुट दिने घोषणा गरेको हो।

नारी दिवसको अवसरमा फागुन २२ गतेदेखि २७ गतेसम्म एक हप्ता महिलाहरुलाई छुट दिइने भएको छ।
यसका साथै अस्पतालले ओमन्स डे स्पेशल हेल्थ्य प्याकेज कार्यक्रम पनि ल्याएको छ। जसमा सहुलियत दरमा महिलाहरुले आफ्नो स्वास्थ्य जाँच गर्न सक्नेछन्।

 

 

प्रकाशित मिति: आइतवार, फाल्गुन २२, २०७८

ताजा अपडेट