समाचार

नेकपा (माओवादी केन्द्र)को बैठकको समय सर्‍याे

सुनकोशीन्यूज,
२०७८/११/२२ गते आइतबार
काठमाडौं। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकको समय सरेको छ।

आइतबार बिहान ११ बजे तय गरिएको बैठक दिउँसो २ बजेदेखि बस्ने भएको छ । बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्नेछ। पहिलो दिनको बैठक राष्ट्रिय सभागृहमा बसेको थियो।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले समसायिक राजनीतिका विषयमा शुक्रबार बोलेका थिए । माओवादी केन्द्रको दोस्रो केन्द्रीय कमिटी बैठकले केन्द्रीय समितिलाई पूर्णता दिने र पदाधिकारी चयन गर्ने बताइएको छ ।

 

प्रकाशित मिति: आइतवार, फाल्गुन २२, २०७८