समाचार हेडलाईन न्युज

राष्ट्रिय योजना आयोगका सदस्य डा. फुयाललाई पितृशाेक

सुनकाेशी न्युज
२०७८ फागुन १९ बिहीबार
काठमाडौं। राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाललाई पितृशोक परेको छ । डा. फुयालका ८५ वर्षिय पिता लिलानाथ फुयालको काठमाडौंको महाराजञ्जस्थित मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचारका क्रममा यही फागुन १८ गते बिहीबार निधन भएको हो ।
उहाँलाई बिगत डेढ महिनादेखि उपचारार्थ अपस्तालमा भर्ना गरिएको थियो ।
सिन्धुली, कमलामाई नगरपालिका ३ चपौली तारुफेदी निवासी फुयालको बिहीबार नै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
दिवंगत फुयालको अन्तिम दाहसंस्कार तथा श्रद्धाञ्जलीमा संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, प्रतिनिधिसभा सदस्य हरिवोल गजुरेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, सदस्यहरु तथा अयोगका कर्मचारीहरु, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रेस संगठनका इन्चार्ज महेश्वर दाहाल लगायतका नेता तथा आफन्तजनहरुको उपस्थिती रहेको थियो ।
फुयालका श्रीमती, चार छोरा र एक छोरी हुनुहुन्छ ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन १९, २०७८